काठमाडौं । मछिन्द्र क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३-१ को जित निकालेको छ ।
जितसँगै १२ खेलमा २१ अंक जोडेको मछिन्द्र पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट समान खेलबाट ९ अंकका साथ १०औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन भुपेन्द्र धरालाले दुई र प्रशुन तामाङले गोल गरे । आर्मीका लागि समर्पण सुनारले एक गोल फर्काए ।
खेलको ११औं प्रशुनको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ४८औं मिनेटमा भुपेन्द्रले टोलीको अग्रता दोब्बर बनाए ।
भुपेन्द्रले ८४औं मिनेटमा गोल गर्दा मछिन्द्र ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा समर्पणले गरेको गोल आर्मीका लागि सान्त्वना बन्यो ।
मंगलबारै सम्पन्न पहिलो खेलमा संकटा क्लबले मनाङ मर्स्याङदी क्लबविरुद्ध ४ १ को सहज जित निकाल्यो ।