कार्तिक २८, २०८१ बुधबार | १३:१०:४५
रसेलले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखलाका बाँकी खेल गुमाउने कर्णालीले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने बार्सिलोनाको सानदार जित जित्नै पर्ने दबाबमा नेपाल ताजकिस्तानको सामना गर्दै नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक रसेलले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखलाका बाँकी खेल गुमाउने कर्णालीले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ गर्ने बार्सिलोनाको सानदार जित जित्नै पर्ने दबाबमा नेपाल ताजकिस्तानको सामना गर्दै नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक

चेल्सी र आर्सनलबीचको लण्डन डर्बी आज

फाइल तस्विर

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीले घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा आर्सनलको स्वागत गर्दैछ । बहुप्रतिक्षित लण्डन डर्बी नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

आर्सनल १० खेलमा १८ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ । समान खेलमा समान अंक जोडेको चेल्सी गोल भिन्नताका आधारमा आर्सनलभन्दा एक स्थानमाथि छ । आइतबार जित निकाले दुवैले एकअर्काविरुद्ध स्पष्ट तीन अंकको अग्रता लिनेछन् । त्यसैले पनि यो खेल राेमाञ्चक हुने अनुमान गरिएको छ ।

मिकेल आर्टेटाको नेतृत्वमा रहेको आर्सनलले पछिल्ला तीन खेलमा जित हासिल गर्न सकेको छैन । बोर्नमाउथसँग २-० ले स्तब्ध आर्सनलले त्यसपछिका दुई खेलमा पनि स्पष्ट तीन अंक जोड्न सकेन । लिभरपुलसँग २-२ को बराबरी खेलेको आर्सनलले पछिल्लो खेलमा न्युक्यासल युनाइटेडविरुद्ध १-० को हार ब्यहोरेको थियो ।

एन्जो मरेस्काको चेल्सीले पनि पछिल्ला तीन खेलमा एक जित मात्र हासिल गरेको छ । लिभरपुलसँग २-१ ले निराश बनेको चेल्सीले त्यसपछि न्युक्यासललाई २-१ ले पराजित गरेको थियो । पछिल्लो खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडविरुद्ध १-१ को बराबरी खेलेको थियो ।

आइतबारको जितसँगै दुवैलाई तालिकाको तेस्रो स्थानमा उक्लने अवसर पनि छ ।


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA