कार्तिक २९, २०८१ बिहीबार | १२:४१:१६
हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने टोटनहमका बेन्टेनचरलाई सात खेलको प्रतिबन्ध रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट

बार्सिलोनाको सानदार जित

सेन्ट पोल्टेनविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै बार्सिलोनाका खेलाडी ।

काठमाडौं । युइएफए महिला च्याम्पियन्स लिगमा बार्सिलोनाले मंगलबार सेन्ट पोल्टेनविरुद्ध ७-० को फराकिलो जित निकालेको छ ।


जितसँगै तीन खेलमा ६ अंक जोडेको बार्सिलोना समूह ‘डी’ को दोस्रो स्थानमा छ । तीनै खेलमा पोल्टेन अंकविहिन छ ।  

जोहान क्रुफ रंगशालामा घरेलु टोलीलाई जित दिलाउन क्लाउडिया पिनाले दुई तथा इवा पाजोर, किका नजारेथ, आइटान बोन्मती, कायरा वाल्स र क्यारोलिन ग्राहम हान्सेनले समान एक गोल गरे ।

बार्सिलोनाले पहिलो हाफको अन्तिम १३ मिनेटमै पाँच गोल गरेको थियो । दोस्रो हाफमा भने टोलीले दुई गोल मात्र थप्यो ।

खेलको ३२औं मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६ मिनेटपछि नै नजारेथ टोलीको अग्रता दोब्बर बनाइन् ।

बोन्मतीले ४०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । दुई मिनेटपछि नै वाल्सले गोल गर्दा बार्सिलोना ४-० ले अगाडि बढ्यो ।

सेन्ट पोल्टेनविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै बार्सिलोनाका खेलाडी । 

पिनाले ४५औं मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ५-० को फराकिलो अग्रता बनायो । ५२औं मिनेटमा पिनाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा हान्सेनले गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाइन् ।

यही समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले ह्यामरबीविरुद्ध २-० को जित निकाल्यो ।

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा बायर्न म्युनिखले भ्लेरेङ्गा डामरलाई ३-० तथा आर्सनलले युभेन्टसलाई ४-० ले पराजित गरे । 


भिडियो
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE