माघ १७, २०८२ शनिबार | ११:२८:२६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एट्लेटिको नकआउट चरणमा, लिभरपुलको सतप्रतिशत जित यात्रा निरन्तर

मड्रिड । एट्लेटिको मड्रिडले मंगलबार एफसी पोर्टोमाथि ३-१ को सहज जितसहित च्याम्पिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

समूह ‘बी’ बाट यसअघि नै लिभरपुल शीर्ष स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । दोस्रो स्थानमा बस्दै नकआउट चरण प्रवेश गर्न पोर्टो, एसी मिलान र एट्लेटिको प्रतिस्पर्धामा थिए ।

लिभरपुलले ६ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा बस्दा समान खेलमा सात अंक बटुलेको एट्लेटिको दोस्रो स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच अंक बटुलेको पोर्टो तेस्रो स्थानमा र चार अंक जोडेको मिलान  चौथो स्थानमा रह्यो ।

५६औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको११ मिनेटपछि यानिक कारास्को रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

७० र ७५औं मिनेटमा क्रमशः विन्डेल र मार्चेसिन पनि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि पोर्टो नौ खेलाडीमा सीमित बन्यो । 

९०औं मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोको अग्रता दोब्बर पारे । इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगो डी पाउलले एट्लेटिको अग्रता ३-० मा पुर्याएका थिए ।

इन्जुरी समयको छैटौं मिनेटमा सर्जियो ओलिभियराले पेनाल्टीमा पोर्टोका लागि सान्त्वना गोल गरे ।

त्यस्तै लिभरपुलले च्याम्पियन्स लिगको सतप्रतिशत यात्रालाई निरन्तरता दिने क्रममा मिलानलाई २-१ ले हरायो ।

मिलानले २९औं मिनेटमा टोमोरीको गोलमा अग्रता लिँदै नकआउट चरण प्रवेशको सम्भावना जीवित राखे पनि ३६औं मिनेटमा मोहम्मद सलाहा र ५६औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दैै लिभरपुलको जित पक्का गर्दा मिलानको यात्रा समूह चरणमा सीमित बनेको हो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।