डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि नेपालको आफ्नै इतिहास ।
हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई विज्ञान र प्रविधिमा आधारित तालिम, प्रशस्त प्रतियोगिता, समग्र खेल क्षेत्रको औद्योगिकीकरण, सम्भावनाअनुसारका संरचना, खेलकुद संघहरूको व्यावसायिकता र परिणामअनुसारको पुरस्कार र दण्ड जरिवानाको व्यवस्थालाई ‘दशकको खेल गौरव’को रूपमा स्थापित गर्न जरुरी छ ।
४० करोडभन्दा बढी व्यक्तिगत लगानीमा क्रिकेट रंगशाला बनाउन विनोद कुँवर र सदीक्षा गौतम दम्पतीले देखेको एउटा सपना, जो पूरा हुने बाटोमा निकै अघि बढिसक्यो ।
मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइपुग्दा फगत एउटा समारोहमा मात्रै सीमित भएको छैन, समग्र खेलजगतले वर्षभर व्यग्रका साथ प्रतीक्षा गरिरहने आशा र भरोसा बनेको छ । अलिक आलंकारिक भाषामा भन्दा समग्र खेलकुद एउटा शरीर हो भने पल्सर स्पोर्ट्स अवार्डलाई यसको रक्तसंचार प्रणाली मान्न सकिन्छ, जसले नेपाली खेलकुदमा जीवन भरिरहेको छ ।