आश्विन ३, २०८१ बिहीबार | ०६:३८:३४
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

एपिएफको उजुरीमा एन्फाद्वारा थ्री स्टार दोषी ठहर

काठमाडौं । अवैधानिक खेलाडी खेलाएको भन्दै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले हालेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री स्टार क्लबलाई दोषी ठहर गर्दै कार्वाही गरेको छ ।

गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध थ्री स्टारले भिसा अवधि सकिएका दुई विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले उक्त खेलमा जावलाखेललाई विजेता घोषित गरियोस भनेर उजुरी गरेको थियो ।

जेठ २८ गते भएको जावलाखेलसँगको त्यो खेलमा बराबरी नतिजा निस्किएको थियो । सोही नतिजाका कारण थ्री स्टारको शीर्ष डिभिजन हैसियत जोगिएको थियो भने एपिएफ रेलिगेसनमा परेको थियो । एपिएफको माग अनुसार उक्त खेलमा थ्री स्टारलाई पराजित गर्ने हो भने विभागीय टोलीको शीर्ष डिभिजन हैसियत जोगिन्छ ।

एन्फाको अनुशासन समितिले पुस १५ गते एपिएफको उजुरीमाथि निर्णय गर्ने क्रममा थ्री स्टारका दुई विदेशी खेलाडी तथा क्लबलाई दोषी ठहर गरेको छ ।

जावलाखेलविरुद्ध प्रतिस्पर्धा गर्दै थ्री स्टार

एन्फाका महासचिव किरण राईले पुस १९ मा एपिएफलाई पत्र लेख्दै कारवाहीको जानकारी गराएका छन् ।  एपिएफ क्लबका अध्यक्षलाई सम्बोधन गर्दै राईले लेखेको पत्रअनुसार श्रम स्वीकृति भए पनि भिसा नभइकन मैदान उत्रिएका थ्री स्टारका नाइजेरियन खेलाडीद्वय मार्टिन कायोडे अजायी र पिटर सेगुनलाई जनही ५० हजार रुपैयाँ तथा क्लबलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

‘एन्फाको विधान तथा लिग नियमावलीमा भएको व्यवस्थाका आधारमा खेलाडीले आफ्नो दायित्व पूरा नगरी खेलमा सहभागी भएकोले निजहरुलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउने कार्वाही गरिएको जानकारी गराउदछु,’राईले एपिएफलाई लेखेको पत्रमा उल्लेख छ,‘साथै विना भिसा तथा विना श्रम स्वीकृति खेलाडी सहभागी गराउने थ्री स्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकोले क्लबलाई तीन लाख जरिवाना गराउने निर्णय भएको जानकारी गराउदछु ।’

एपिएफ क्लबले आफ्नो उजुरीमाथि सम्बोधन हुनु सकारात्मक भए पनि पूर्ण न्याय नपाएको बताएको छ । अवैधानिक खेलाडी खेलाएको पुष्टी हुनेवित्तिकै त्यसो गर्ने टोली स्वत ३-० ले पराजित हुने नियम भएकोमा जरिवानामात्र गरेर नपुग्ने एपिएफका कोषाध्यक्ष विजय केसीले खेलाडी डटकमलाई बताए ।

एपिएफविरुद्ध प्रतिस्पर्धा गर्दै थ्री स्टार

‘लिग नियमावली मात्र होइन, फिफाको कोड अफ इथिक्समा पनि अवैधानिक खेलाडी खेलाउने  टोली ३-० ले पराजित हुने प्रष्ट व्यवस्था छ । यही व्यवस्थाका आधारमा विश्वकप छनोट देखि लिएर अन्तर्राष्ट्रिय खेल र विश्वका ठुल्ठुला लिगमा कार्वाही भएका उदाहरण थुप्रै छन्,’ केसीले भने,‘यहाँ थ्री स्टारले अवैधानिक खेलाडी खेलाएको हामीले प्रमाणसहित उजुरी गरेका थियौं । एन्फा र अनुशासन समितिले पनि अवैधानिक खेलाडी खेलाएको निर्णय दिइसकेको छ । यस्तो अवस्थामा कार्वाहीको निर्णयले अर्ध न्याय मात्र दिएको छ । हामी पूरा न्याय चाहन्छौं ।’

फुटबलको स्पिरिट भनको फेयर प्ले हो । हामी एन्फाबाट फेयर प्लेको स्पिरिटअनुसारको निर्णय चाहन्छौं,’ केसीले थपे ।

केसीले पूर्ण न्यायका लागि एन्फाको अपिल कमिटीमा पुनरावेदन गर्ने बताए । उनले भने, ‘नेपाली फुटबलमा ठूलो अन्याय भएको छ । हामी आवश्यक परे न्यायका लागि फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र न्यायालयसम्म पनि पुग्छौं।’


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024