पुस १३, २०८१ शनिबार | ०२:१०:१७
खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी

‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’

काठमाडौं । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ विवादले आगामी दिन नेपाली खेलाडीलागि अफ्ठ्यारो हुने प्रतिक्रिया दिएका छन् ।

बिहीबार लामाले ओलम्पिक कमिटीको विवादका बारेमा बोलेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव लामाले भने, ‘आजबाट विधिवत रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीको विवाद सुरु भएको छ,’ उनले भने, ‘खेलकुद विकास ऐन २०७७ मा एउटा मात्र ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त गर्ने विधान ल्याएको थियो । विगतमा स्व. रुक्म शमशेर जवरा नेतृत्वको राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटी र ध्रुव बहादुर प्रधान नेतृत्वको आइओसीको मान्यता प्राप्त ओलम्पिक कमिटी चरम विवादपश्चात एकता भएर एउटा ओलम्पिक कमिटीमा रुपान्तरण भएको थियो ।’

पछिल्लो अवस्थामा सर्वोच्च अदालतले एनओसीको शनिबार हुने निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । ‘वर्तमान परिवेशमा ओलम्पिक कमिटीको विवाद चरम उत्कर्षमा पुगेको छ । यसले गर्दा नेपाली खेलाडीले आउने दिनमा कठीनाई भोग्नुपर्ने निश्चित छ ।’

अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले पुस ८ गते  अनलाइनमार्फत मनोनयन दर्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

बिहीबार कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतको आदेशको अवज्ञा गर्दै आएको एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो । उच्च अदालत पाटनले मंसिर १७ गते विधान संशोधन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारबाट पनि निर्वाचनको बन्देज लाग्दा पनि त्यसलाई अटेर गरेको एनओसीमा १९ सदस्यीय कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेका छन् ।

एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19