जेष्ठ १९, २०८२ आइतबार | ०५:०७:४५
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

थन्डर बोल्ट्स कपः बुद्धिचालमा जेम्स च्याम्पियन

काठमाडौं । थन्डर बोल्ट्स कप अन्ततर्गत बुद्धिचालको यु-१८ तर्फ जेम्स च्याम्पियन बनेको छ। आइतबार सम्पन्न यो स्पर्धामा मनकामना र डिएभी संयुक्तरुपमा दोस्रो स्थानमा रहे ।

त्यस्तै यु-१४ छात्र तथा छात्रा दुवैतर्फ अंकका आधारमा निसर्ग वाटिकाले स्वर्ण, बिएनले रजत तथा इम्पेरिएल वर्ल्ड र टिआइएले कांस्य पदक प्राप्त गरे।

जुडोमा छात्रतर्फ नेपाल पुलिसले स्वर्ण, जेम्सले रजत तथा हार्दिक एकेडेमीले कांस्य पदक हात पारे । छात्रातर्फ पनि नेपाल पुलिसले स्वर्ण जित्यो । जेम्सले रजत र नेपाल युवकले कांस्य पदक प्राप्त गरे।

तेक्वान्दोमा तौल समूहको खेल सकिएपछि अंकका आधारमा  छात्रतर्फ जेम्स प्रथम, नेपाल पुलिस द्वितीय  र जुपिटर तृतीय भएका छन् ।  छात्रातर्फ जेम्स  रिजेन्ट रेसिडेन्सियल र टेरेसा शीर्ष तीनमा रहे ।

यस्तै यु-१८ फुटसलको छात्रतर्फ ब्लुबर्डले स्वर्ण, चेल्सी वर्ल्डले रजत र  रातो बंगलाले  कांस्य पदक जिते ।

यु-१८ बास्केटबलको छात्रतर्फ जेभियर इन्टरनेसनल  र टाइम्स इन्टरनेसनलफाइनल प्रवेश गरेका छन् । यसैगरी तेस्रो स्थानको लागि बर्नहार्ट कलेज र काठमान्डु वर्ल्डबीच प्रतिस्पर्धा हुनेछ। 

सेमीफाइनलमा जेभियर बर्नहार्टलाई ६६-४० ले र टाइम्सले काठमान्डु वर्ल्डलाई ६५-५० ले पराजित गरे ।

यु-१८ छात्रातर्फ भ्याली पब्लिकले नामीलाई ५३-३४ ले र जेम्सले रिब्स स्कुललाई २९-२२ ले हराउँदै फाइनल यात्रा तय गरे ।

यु-१६ छात्रतर्फ सेन्ट जेभियर्सले एलआरआइ ६६-५९ र मातृभूमिले रातो बंगलालाई ४१-४० ले  निरास बनाउँदै उपाधि भिडन्त पक्का गरे ।

यु-१२ फुटबलको छात्रतर्फ चेल्सी वर्ल्डले जेम्सलाई ३-० तथा एपिएफले ब्लुम नेपाललाई १-० ले हराउँदै फाइनल पुगे ।

यु-१६ छात्रको सेमीफाइनलमा एपिएफले विनायक तथा नेपाल पुलिसले जेम्सलाई समान ३-० ले हराए ।

यु-१२ क्रिकेट छात्रमा डिएभी, जेम्स , चेल्सी वर्ल्ड र लिटिल एन्जल्स सेमिफाइलनमा पुगेका छन्।

डिएभीले एलआरआइई २३ रन, जेम्सले भ्याली पब्लिकलाई ३३ रनले, चेल्सीले रेडियन्ट रिडर्सलाई तीन विकेट र लिटिल एन्जल्सले ग्यालेक्सी पब्लिकलाई आठ विकेटले पराजित गरे । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL