चैत्र ३०, २०८१ शनिबार | १८:३४:०२
पात्रो फेरियो, फेरिएन खेलकुदको नियति व्यस्त क्रिकेटको उतारचढावपूर्ण यात्रा भलिबल वर्ष २०८१ः चर्चित खेलाडी विदेसिए, उपाधिको खडेरी दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो मोफसलले धानेको घरेलु फुटबल महिला क्रिकेटः उत्साहजनक वर्ष महिला फुटबलमा आस पलाएको वर्ष एनपिएलले जगमगाएको क्रिकेट वर्ष पात्रो फेरियो, फेरिएन खेलकुदको नियति व्यस्त क्रिकेटको उतारचढावपूर्ण यात्रा भलिबल वर्ष २०८१ः चर्चित खेलाडी विदेसिए, उपाधिको खडेरी दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ महिला फुटबल वर्षः उपाधि धोको फेरि अधुरो मोफसलले धानेको घरेलु फुटबल महिला क्रिकेटः उत्साहजनक वर्ष महिला फुटबलमा आस पलाएको वर्ष एनपिएलले जगमगाएको क्रिकेट वर्ष

एनएनआइपिए स्पोर्टस अवार्ड पुस २० गते

अवार्डको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा एनएनआइपिए स्पोर्टस अवार्ड पुस २० हुने भएको छ ।

अवार्डमा कार्यक्रममा गत वर्ष आयोजना भएको १९औं एसियाली खेलकुदमा समावेश २९ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ ।

विगतका केही वर्षदेखि काठमान्डौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृितिक सहरमा हुँदै आएको यो कार्यक्रम यस पटक काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर परिषरमा हुने आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष/ महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष / महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले १ लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी खेल पत्रकार र खेल व्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्दो, ह्यान्डबल, गल्फ, हक्की, लन टेनिस, पौडी, स्क्वास, उसु, भारोत्तोलन, ट्रायथलन र क्रिकेटबाट समान एक खेलाडी सम्मानित हुनेछन् ।

यसैगरी सुटिङ, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, बक्सिङ, इ-स्पोर्टस, क्यनोइनङ, डान्स स्पोर्टसका समान एक खेलाडीलाई पनि सम्मान गरिनेछ । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan