पुस १३, २०८१ शनिबार | १३:२५:२२
एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन

लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी

लुम्बिनी कप महिला फुटबलको लोगो सार्वजनिक गर्दै मन्त्री चौधरी(बिच), तस्विरः कमल खत्री ।

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताएका छन् ।

शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले भने,‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीले उत्कृष्ट नतिजा निकालिरहनु भएको छ । लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि  खुसीको कुरा हो ।’

यसैगरी मन्त्री  चौधरीले यस्ता प्रतियोगिता निरन्तर हुनेपर्ने धारणा राखे । ‘यो प्रतियोगिता निरन्तर आयोजनाका लागि आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसको लागि हामी तयार छौं,’ उनले भने ।  

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

प्रतियोगितालाई मध्यनजर गरेर नेपालगन्ज रंगशालाको मैदान व्यवस्थापनको लागि समेत राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग बजेट माग गरिएका गौतमले  जानकारी दिए ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म  हुँदैछ ।

प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

नेपालगन्ज रंगशालाको निरीक्षणको क्रममा लुम्बिनी खेलकुद विकास परिषद्का निवर्तमान सदस्यसचिव भीम ओली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतको सहभागिता थियो ।

यसैगरी मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालको पनि अवलोकन गरेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19