चैत्र १४, २०८२ शनिबार | १२:१४:२४
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा
शनिबारको दिन पेप ग्वाड्रिओला

ग्वार्डिओलामाथि बढिरहेको शंका

काठमाडाै‌‌ । कसैले नयाँ सिजन सुरु हुनु अगाडि म्यानचेस्टर सिटीको यति खराब स्थिति हुन्छ भनेको भए कोहीले पनि पत्याउने थिएनन् । सिटी अहिले जुन स्थितिमा छ, त्यसैले एक खाले रहस्य भने खोलेको छ । त्यो हो, साँच्चै पेप ग्वार्डिओला कस्ता प्रशिक्षक हुन् । सबैभन्दा पहिले उनकै मुखबाट निस्केका दुई भनाइ अगाडि सारौं ।

उनले भनेका छन्, ‘अबको सिजनका लागि सिटी युरोपेली च्याम्पियन्स लिग फुटबलका लागि छनोट हुने छैन ।’ हो नै । सिटी अहिले तत्काल २८ अंकमा सातौं स्थानमा छ । इङ्लिस प्रिमियर लिगबाट शीर्ष चारमा रहनेले मात्रै च्याम्पियन्स लिग खेल्नेछ । सम्भवतः पाँचौंले पनि यो अवसर पाउन सक्नेछ । सिटीका लागि यो पनि गाह्रै देखिन थालेको छ ।

अहिले यिनै प्रशिक्षकमाथि शंका बढेको छ । कारण हो, ग्वार्डिओलाले अहिलेसम्म जति टिम हेरेका छन्, ती सबै आफैंमा उच्च थिए । अझ भनौं, विश्वस्तरीय खेलाडीले भरिएको । 

च्याम्पियन्स लिगमा छनोट हुनु पनि सफलताको एउटा मापन रहने गरेको छ । युरोपेली क्लब फुटबलमा त्यही टिममात्र छनोट हुने गर्छ, जसलाई असाध्यै राम्रो मान्न सकिन्छ । यस्तोमा अब सिटी त्यस्तो टिम रहेन, जसलाई साँच्चै असाध्यै राम्रो भन्न सकियोस् ।अब अर्को भनाइ ।

‘सायद म राम्रो प्रशिक्षक होइन ।’

सिटीको यही खराब प्रदर्शनका कारण ग्वार्डिओला यस्तो भन्न बाध्य भएका हुन् । उनले सिटीले लगातार खराब खेल्न थालेपछि आफ्नो निद्रा र भोक दुवै हराएको पनि बताएका छन् । त्यसले उनलाई सञ्चो पनि हुन थालेको छ । यी स्पेनी प्रशिक्षक ५३ वर्षका भए । युरोपेली क्लब फुटबलको इतिहास पल्टाउने हो भने उनी जत्तिको सफल प्रशिक्षक बिरलै पाइन्छ । सिटी आएयता उनले जानेको भनेकै एउटै हो, एकपछि अर्को उपाधि जित्ने ।

एभर्टन र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै । 

अहिले यिनै प्रशिक्षकमाथि शंका बढेको छ । कारण हो, ग्वार्डिओलाले अहिलेसम्म जति टिम हेरेका छन्, ती सबै आफैंमा उच्च थिए । अझ भनौं, विश्वस्तरीय खेलाडीले भरिएको । उनले सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको जिम्मेवारी सम्हाले । यसबीच बार्सिलोनाको प्रदर्शन पनि गजब रह्यो । तर, सबैलाई के थाहा थियो भने त्यो लियोनल मेसी र उनका एकसेएक उत्तिकै गतिला खेलाडीले भरिएको टिम थियो, त्यसैले जित्यो ।

कसैलाई थाहा छ त ग्वार्डिओलाले उत्पादन गरेको एउटा नामी खेलाडी ? छैन नै होला । फेरि कसैले भन्न सक्छ, ग्वार्डिओलामाथि अहिले नै शंका किन ?

त्यसपछि उनी जर्मनी गए । सन् २०१३ देखि २०१६ सम्म बायर्न म्युनिख हेरे । यो बायर्न उस्तै राम्रो टिम थियो, यसले पनि सक्दो चाहे जति जित्यो । सन् २०१६ देखि उनी सिटीमा छन् । त्यहाँ जति जित्न सकिने हो, त्यति जितेका छन् । निचोड के भन्दा ग्वार्डिओलाले जित्न त सबै जितेका छन्, तर ती सबै राम्रा टिम हेरेर नै जिते । उनले हेरेका तीनै टिम त्यस्तो थिए, सायद जहाँ जस्तै प्रशिक्षक आएको भए पनि नतिजा उही हुने थियो ।

मेसी आफ्नो जीवनकै उत्कृष्ट लयमा हुँदा उनलाई प्रशिक्षक नै किन चाहिन्थ्यो । साँच्चै अब्बल प्रशिक्षक त त्यही हो, जसले औसत टिमलाई पनि सफलता दिलाउन सकिन्छ । यस्ता प्रशिक्षकका अनेक उदाहरण छन् । अनि यस्ता प्रशिक्षकको एउटा ठूला विशेषता हो, राम्रा खेलाडी उत्पादन गर्न सक्ने । कसैलाई थाहा छ त ग्वार्डिओलाले उत्पादन गरेको एउटा नामी खेलाडी ? छैन नै होला । फेरि कसैले भन्न सक्छ, ग्वार्डिओलामाथि अहिले नै शंका किन ?

जतिबेला कोही कसैले खराब खेल्छ, त्यही बेला त हो, यस्तो प्रश्न उठ्ने । फेरि उनकै मुखबाट त निस्केको हो, ‘सायद म राम्रो प्रशिक्षक होइन ।’ अनि यस्तो पक्कै हुनेछ, ‘अबको सिजनका लागि सिटी युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने छैन ।’