पुस १३, २०८१ शनिबार | १५:२१:४५
एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका भुटान अगाडि,नेपाल पछाडि किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन
शनिबारको दिन नेपाली खेलकुद

नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ?

काठमाडौं । नेपालमा पुस ६ गते मात्रै फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको छ । सय करोड हारहारीको ‘भ्यालु’ अनुमान मानिएको यस एनपिएल एउटा उद्योग र महोत्सवको रूपमा सम्पन्न भएको छ । यससँग जोडिन कर्पाेरेट क्षेत्र, खेलाडी, प्रायोजकदेखि लिएर नेता र कलाकारको पनि प्रतिस्पर्धा नै चल्यो ।

 नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पोखरा प्रिमियर लिग हुँदै  नेपाल टी-२० लिग हुँदै अहिले नेपाल प्रिमियर लिग सम्म आइपुगेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले आफैंं आयोजना गरेको लिगको चर्चा विश्वभर फैलियो । विश्व खेलकुदमै फ्रेन्चाइज क्रिकेटले तहल्का मच्चाइरहेका छन् । विशेषतः फ्रेन्चाइज भन्नेबित्तिकै सामान्य अवस्थामा क्रिकेटमा बढी प्रयोग आउँछ । भारतको इन्डियन प्रिमियर लिग, पाकिस्तानको सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग र अस्ट्रेलियाको बिगवास लिगजस्ता अनेकौं फ्रेन्चाइज लिग र तिनसँग जोडिएका खेलाडी, प्रशिक्षक र क्लबहरू निकै चर्चामा रहने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्दो छ । नेपालमा पनि सुरुआत क्रिकेटबाटै भयो । अक्सन गर्नेदेखि खेलाडीको स्तरअनुसार विभिन्न श्रेणीमापन हुन्छ । सोही भाउअनुसार खेलाडीलाई क्लबले खरिद गर्छ । धनगढी प्रिमियर लिग (डिपिएल), एभरेस्ट प्रिमियर लिग (इपिएल) र पोखरा प्रिमियर लिग हुँदै नेपालमा नेपाल टी-२० लिग र अहिले नेपाल प्रिमियर लिग आयोजना भएका छन् ।

त्यसपछि फुटबलमा नेपाल सुपर लिग (एनएसएल)को सुरुआत भयो । यो तेस्रो सिजन हुने तरखरमा छ । दुई सिजन सफलतापूर्वक सम्पन्न भएको छ । महिला भलिबलमा फ्रेन्चाइज लिगको रूपमा केही वर्षअघि नै सुरु भएको हो । त्यो एक संस्करणमा मात्र भयो । यसै वर्षदेखि एभरेस्ट वुमन्स भलिबल लिग सुरु भएको छ । पुरुष फ्रेन्चाइज लिग भलिबल हुने घोषणा भइसकेको छ । यता, नेपालको पुरानो खेल कबड्डीमा पनि नयाँ प्रयोग हुँदै छ ।

नेपालमा भएका विभिन्न खेलका फ्रेन्चाइज लिगहरू:

एनपिएलमा प्रतिस्पर्धा गर्दै सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स । 

क्रिकेटः अहिले चर्चा एनपिएलको भए पनि यसअघि नै नेपालमा चारभन्दा बढी फ्रेन्चाइज लिग क्रिकेट भएको छ । नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्धमा रहँदा धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग भएका थिए । पछि क्यान आफैं बलियो स्थितिमा आएपछि चर्चामा रहेका यी लिगलाई राष्ट्रियकरण ग¥यो । उनीहरूलाई प्रदेशमा रहेर आयोजना गर्न क्यानले अनुरोध गरेसँगै प्रतियोगिता हुन छाडेका छन् । एभरेस्ट प्रिमियर लिगले पाकिस्तानका चर्चित खेलाडी शहिद अफ्रिदीलाई त्रिवि क्रिकेट मैदानमा उतारेको थियो । हालै सम्पन्न एनपिएलमा वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा र भारतीय पूर्वओपनर स्टार शिखर धवनदेखि न्युजिल्यान्डका जिम्मी निसम, मार्टिन गप्टिल, पाकिस्तानका सोहेल तनविरजस्ता विश्व चर्चित नाम जोडिएको थियो ।

फुटबलः नेपालमा फुटबलको फ्रेन्चाइज लिगको रूपमा नेपाल सुपर लिग (एनएसएल) जोडिएको छ । नेपालमा दुई पटक लिग भव्य रूपमा सम्पन्न भएको छ । कोभिड–१९ ताका सुरु भएको लिगमा काठमाडौं रेजर्स र पछिल्लो वर्षमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो । चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने लिगलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मान्यता दिएको छ । तर, एन्फाभित्रको आन्तरिक द्वन्द्व र राजनीतिको भूमरीमा पर्दा यो लिग निरन्तर समयमै हुन सकिरहेको छैन । अझ फिफाले एकमात्र लिगलाई मान्यता दिँदा यसको औचित्य के हो भन्ने प्रश्न नै पूरा हुन पाएको छैन । अझ अफ–सिजनमा एक महिनामात्रै हुँदा र फिफाको नियममा बाधिँदा क्रिकेटमा जस्तो यसमा स्तरीय विदेशी खेलाडी अनुबन्ध हुन पाएका छैनन् ।

एनएसएलमा प्रतिस्पर्धा गर्दै ललितपुर सिटी र काठमाडौं रेजर्स। 

भलिबलः नेपालमा महिलातर्फको फ्रेन्चाइज लिग भलिबल दोस्रो पटक भइसकेको छ । आदिअवादी लिग एक सिजनमात्रै भयो । यसले निरन्तरता पाउन सकेन । गत महिनामात्रै नेपालमा एभरेस्ट महिला भलिबल लिग भयो । ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यश्विसले उपाधि जितेको थियो । यस लिगमा अमेरिका, टर्की, थाइल्यान्ड, भारतलगायत देशका खेलाडी आएर खेलेका थिए । अब, पुरुष लिग पनि हुँदै छ । केडिया ग्रुपले आयोजना गर्ने एनभिएल लिगको मिति भने घोषणा भइसकेको छैन । यसको लोगो भने यसै साता सार्वजनिक गरिएको थियो ।

एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन कर्णाली यश्विस ।

कबड्डीः नेपालमा पहिलो पटक कबड्डी लिग (एनकेएल) पनि हुँदै छ । यो पहिलो संस्करण माघ ४-१९ सम्म हुनेछ । महिला टोलीले १९औं एसियाली खेलकुद कांस्य पदक जितेपछि कबड्डीको चर्चा बढेको हो । तर, यसपालि महिलाको लिग नभई पुरुषको मात्र हुनेछ । पहिलो संस्करणमा ६ टिमको सहभागिता रहनेछ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् । ड्राफ्टबाट ८४ खेलाडी छनोट भएका छन् भने टिमको नाम, टिम प्रशिक्षक, मार्की खेलाडीको घोषणा भइसकेको छ ।