आश्विन ३, २०८१ बिहीबार | ०६:४६:५८
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

स्पोर्टस अवार्डः युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

युवा खेलाडी र प्रशिक्षकको मनोनयनमा परेकाहरु ।

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ ।

शुक्रबार हुने अवार्डको २१औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कष्ट पाँच जना सार्वजनिक गर्यो ।

वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी र प्रशिक्षक छानिएको मञ्चले जनाएको छ ।

मञ्चले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेट अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल , फुटबली प्रीति राई , टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा छन् ।

यसैगरी पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाइ, कबड्डीकी पर्वती राई र भारोत्तोलनका सञ्जय महर्जन उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । 

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

मनोनयन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन तस्विर सौजन्यः एनएसजेएफ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो ।

 मञ्चले गत संस्करण पहिलो पटक दुवै विधामा प्रारम्भिक चरणअन्तर्गत आठ खेलाडीको मनोनयन सावर्जनिक गरेको थियो । तर, मञ्च यसपालि फेरि पुरानै संरचनामा फर्केको हो ।

खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले सरोकारवालाहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर मञ्चले यसपालि हरेक विधामा पाँच खेलाडीलाई मनोयनमा राखेको बताए ।

‘गत संस्करण हामीले कोही नछुट्टोस् भनेर विधागत पुरस्कारमा तीन तीन खेलाडी थप गरेका थियों । तर, खेल विज्ञ, विभिन्न खेलकुद संघका पदाधिकारी र अन्य सरोकारवालाहरुले पाँच खेलाडी राख्दा नै राम्रो हुने सल्लाह र सुझाव दिएपछि हामी पुरानै संरचनामा फर्केका हौं,’ मञ्चका महासचिव पनि रहेका ओलीले भने ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024