माघ १७, २०८२ शनिबार | १२:०९:००
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

तेक्वान्दोकी निवितालाई कांस्य

काठमाडौं । आइएसएफ जिम्नासाइड समर गेम्सको तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन् ।

बहराइनको मानामास्थित इसा स्पोर्टस सिटी हल ‘सी’ मा भएको एकल पुम्सेमा निविताले ६.४८२ अंक जोडिन् । चार खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । तेश्रो हुने अर्को राष्ट्रमा भारत रह्यो ।

पुरुष ६८ केजीमुनिमा नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसँग २-० ले पराजित भए । पहिलो राउन्डमा १३-० ले पछि परेका अविनले दोश्रो राउन्डको नतिजा ७-६ ले सुम्पिए ।

विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान र्याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य एवं आइएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।

यसैगरी टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १०औं स्थान हासिल गरेको छ । इसा स्पोर्टस सिटी हल ‘बी’ मा नेपालले युगान्डालाई ४-१ को सेटमा पराजित गर्यो । नवौं स्थानका लागि भएको खेलमा भने नेपाल अजरवैजानसँग नेपालले ४-१  को हार ब्यहोर्यो ।

महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा पनि सहभागिता जनाउने छन् । पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिंगल्स खेल मंगलबारदेखि हुनेछ ।

यस्तै, ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘डी’ मा कविरले भारतका कायाउ तेत्लाई २१-१,२१-४ को सोझो सेटमा पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।