जेष्ठ १९, २०८२ आइतबार | ०५:१५:५३
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक

आइएसएफ जिम्नासाइडमा पदक विजेता नेपाली खेलाडी ।

बहराइन । आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालले तीन स्वर्ण, एक रजत र तीन कांस्य गरि सात पदक जितेको छ ।

 पाँच खेलमा सहभागिता जनाएकाे नेपालले बक्सिङ र तेक्वान्दोबाट पदक जित्न सफल भयो । यी दुई खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान दुई स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान एक स्वर्ण, रजत र कांस्य पदक हात पार्यो ।

बहराइनको मानामामा सम्पन्न प्रतियोगितामा बक्सिङको पुरुष ८० केजीमुनिमा नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनिमा स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । बक्सिङकै पुरुष ४६ केजीमुनिमा रोहित जनाला र ८० केजीमुनिमा सूर्यान वैद्यले कांस्य पदक प्राप्त गरे । 

तेक्वान्दोका उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमुनिमा स्वर्ण र पुरुष एकल पुम्सेमा रजत पदक जिते । यसैगरी निविता केसीले महिला एकल पुम्सेमा कांस्य पदक प्राप्त गरिन् ।

प्रत्येक २ वर्षको अन्तरालमा हुने यु-१८ उमेर समूहको आइएसएफ जिम्नासाइडको २०औं संस्करणमा नेपालबाट ३२ खेलाडी सहभागी थिए ।

प्रतियोगितामा ६९ राष्ट्रका २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL