माघ १५, २०८२ बिहीबार | १३:५१:०६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

निर्धारित समयमै राष्ट्रिय खेलकुद गर्नेमा सदस्यसचिव घिसिङको जोडः परिषद

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ । फाइल तस्बिरः खेलाडी

काठमाडौं । १०औं वृहत राष्ट्रिय खेलकुद निर्धारित समयमै गर्न राष्ट्रिय खेलकुद परिषद्को जोड रहेको सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् ।

१०औं राष्ट्रिय खेलकुद समयमै गर्नका लागि आफूले दुई पटक सम्म परिषद्को बोर्ड बैठक राख्न प्रस्ताव गरेको भन्दै वर्तमान युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग पनि यस विषयमा छलफल भइरहेको घिसिङलाई उधृत गर्दै परिषदले जनाएको छ ।

नेपाली घरेलु खेलकुदमा सबभन्दा ठूलो महोत्सव वृहत राष्ट्रिय खेलकुदको १०औं संस्करण सुर्खेतलाई केन्द्र बनाएर आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने बताइएको छ ।

१०औं राष्ट्रिय खेलकुदका सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गराएको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा सदस्यसचिव घिसिङले कर्णालीमा निर्माण भइरहेका पूर्वाधारको हालै युवा तथा खेलकुद मन्त्री सहितको टोलीले अवलोकन गरेर फर्किएको स्मरण गराए ।

राखेप सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानकर्षण पत्र बुझाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ । 

निर्धारित समयमै राष्ट्रिय खेलकुद गर्न पूर्वाधारको सूनिश्चित गर्न परिषद्ले प्राविधिक टीम खटाएको भन्दै खेलाडीह?को चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने उनले बताए । तर उनले निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना गर्ने वचन दिन भने सकेनन् ।

खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले बुझाएको पत्रमा पूर्व निर्धारित मिति २०८१ मंसिर २ देखि ९ गतेसम्म नै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न परिषद्को ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षणपत्र बुझाउने क्रममा खेलाडी संघका अध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा राष्ट्रिय खेलकुद समयमै हुने सम्वन्धमा आशंका बढन थालेको कारण त्यसको निवारण हुने गरि खेलाडी तथा खेलकर्मीलाई आश्वस्त पार्न आग्रह गरेका थिए ।

कर्णालीमा पूर्वाधार निर्माणको अवस्था अवलोकन गर्न जाने क्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले समयमै पूर्वाधार तयार हुनेमा आशंका व्यक्त गर्दै राष्ट्रिय खेलकुद केही समय सर्ने संकेत गरेका थिए ।

यसैगरी संघले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पनि ध्यानकर्षण पत्र बुझाएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।