चैत्र ३, २०८२ मंगलबार | ००:५२:५९
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा लालिगुराँस एसोसिएसन र त्रिभुवन आर्मी क्लबले आ–आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा लालिगुराँसले प्लानिङ ब्वाइजलाई ३–२ ले हरायो । जितसँगै १२ खेलमा २४ अंक जोड्दै लालिगुराँस अंकतालिकाको तेस्रो स्थानमा उक्लियो ।

लालिगुराँसले राज भुषाल र एक्वइटे जुनियरको गोलमार्फत पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । त्यसपछि रोमन भुजेल र साहिल केसीको गोलमा प्लानिङले दोस्रो हाफको मध्यतिर खेललाई बराबरीमा ल्यायो । निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा आशिष गुरुङले निर्णायक गोल गरे ।

हारसँगै प्लानिङले शीर्ष स्थानको मछिन्द्रसँग अंक बराबरी गर्ने अवसर गुमायो । अहिले १२ खेलमा प्लानिङ २२ अंक जोड्दै पाँचौं स्थानमा छ । यसअघि दिनको तेस्रो खेलअघि सम्म प्लानिङ चौथो स्थानमा थियो ।

दशरथ रंगशालामा सम्पन्न तेस्रो खेलमा आर्मीले मछिन्द्रलाई २–१ ले निराश पार्यो । मछिन्द्रसँग शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिने अवसर थियो । आर्मीलाई भने उपाधिमा आफ्नो दाबेदारी बनाइराख्न जितबाहेक विकल्प थिएन । आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र जिलेश्पीजंग कार्कीले गोल गरे । मछिन्द्रले जोनाथन क्यान्टिलानाको गोलमा बराबरी गरेको थियो ।

जितसँगै आर्मी ११ खेलमा २३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । मछिन्द्रको समान खेलमा २५ अंक छ । दोस्रो स्थानको एपिएफले पनि २५ अंक जोडेको छ । तर, गोल भिन्नतामा एपिएफ मछिन्द्रभन्दा पछाडि छ ।

दिनको पहिलो खेलमा नेपाल पुलिसले सातदोबाटो युवा क्लबसँग २–२ को रोमाञ्चक बराबरी खेल्यो । सातदोबाटोले अरुण लामा र फोडे फोफानाको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफको मध्यतिर सम्म पनि सातदोबाटो दुई गोलकै अग्रतामा थियो ।

खेलको ७५औं मिनेटमा धिरेन्द्र बहादुर शाहले गोल गरे । त्यसपछि निर्धारित समयसम्म खेलमा फर्किने कोशिस गरेपनि सकेन । त्यसपछि थप गरिएको इन्जुरी समयको नवौं मिनेटमा सुवास थारुले गोल गरेपछि सातदोबाटो स्तब्ध बन्यो ।

बराबरीसँगै ११ खेलमा ९ अंक जोड्दै पुलिसले एक स्थान सुधार गर्यो । अहिले पुलिस पुछारबाट पाँचौं स्थानमा छ ।
सातदोबाटोको पनि समान खेलमा ९ अंकनै छ । एक स्थान माथि उक्लिएको सातदोबाटो पुछारबाट चौथो स्थानमा छ ।

लिगमा मंगलबार दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा श्री भगवती क्लब र मछिन्द्र क्लब आमने–सामने हुनेछन् ।

त्यसपछि दिउँसो ४ बजे काँक्रे बिहार युथ क्लब र नव जन जागृति युवा क्लबले एकअर्कासँग खेल्नेछन् । यी दुईले अहिलेसम्म एक खेल पनि जित्न सकेका छैनन् । दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुनेछन् ।
 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने