फाल्गुन २५, २०८२ सोमबार | ११:२०:२०
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको उपाधी जित्नका लागि न्युजिल्याण्डले २५६ रनको विशाल लक्ष्य पाएको छ ।

भारतको अहमदाबादमा भइरहेको फाइनल खेलको उपाधी जित्न न्युजिल्याण्डले २५६ रनको लक्ष्य पाएको हो । नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको हो ।

भारतका लागि सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर सञ्जु स्यामसन सर्वाधिक ८९ रनमा आउट भए । उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि अर्का ओपनर अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको साझेदारी गरे । शर्मा २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५२ रनमा आउट भए ।

तेस्रो विकेटका लागि स्यामसनले इशान किशनसँग ४८ बलमा १०५ रनको शतकिय साझेदारी गरे । किशनले २५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए । न्युजिल्याण्डका लागि जिम्मी निशमले १६ औं ओभरमा महत्वपुर्ण ३ विकेट लिएपछि भारतको रन गती रोकिएको थियो । भारतले कप्तान सुर्यकुमार यादवलाई रनको खाता नखोल्दै गुमायो ।

हार्दिक पाण्ड्या १३ बलमा १८ रन बनाउँदै आउट हुँदा शिभम दुवे २६ रनमा अविजित रहे । भारतले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ५२ रन जोड्न सफल भयो ।

न्युजिल्याण्डका लागि जिम्मी निशमले ३ तथा रचिन रविन्द्र र म्याट हेनरीले समान १ विकेट लिए । दोस्रो पटक फाइनल खेल्दै गरेको न्युजिल्याण्ड भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । सन् २०२१ को विश्वकपको फाइनलमा न्युजिल्याण्ड अस्ट्रेलियासँग पराजित हुदै उपविजेता बनेको थियो ।

साबिक विजेता भारत लगातार दोस्रो पटक उपाधी जित्ने पहिलो टोली बन्ने लक्ष्यमा छ । न्युजिल्याण्डलाई हराउँदै च्याम्पियन भएमा घरेलु भुमीमा विश्वकप जित्नेसमेत पहिलो राष्ट्र बन्ने लक्ष्यमा भारत छ । भारत विश्वकपको इतिहासमा चौथो पटक फाइनल खेल्दैछ । भारत तेस्रो पटक च्याम्पियन बन्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||