फाल्गुन २५, २०८२ सोमबार | ११:२०:२१
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

भारतलाई उपाधी जिताउँदाका ३ नायक

काठमाडौं । आइतबार सम्पन्न ट्वान्टी २० विश्वकपको फाइनलमा न्युजिल्याण्डलाई ९६ रनको विशाल अन्तरले हराउँदै भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन भएको छ ।

साबिक विजेता भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पनि पहिलो टोली बनेको छ । घरेलु मैदानमा उपाधी जित्दै भारतले अर्को कीर्तिमान पनि थपेको छ ।

कीर्तिमानी तेस्रो पटक च्याम्पियन हुदै गर्दा फाइनल खेलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने ३ खेलाडी यसप्रकार छन् :

१) सञ्जु स्यामसन

भारतका लागि पछिल्लो २ खेलमा जस्तै उत्कृष्ट ब्याटिङ गरेका स्यामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत भएका थिए । फाइनल खेलमा भारतलाई विशाल योगफलमा पुर्याउन स्यामसनको ब्याटले महत्वपुर्ण योगदान गर्यो ।

फाइनल खेलमा स्यामसनले सर्वाधिक ८९ रन बनाए । ४६ बलको सामना गरेका स्यामसनले ५ चौका र ८ छक्का प्रहार गरे । सर्वाधिक रन मात्र होइन स्यामसनले २ महत्वपुर्ण साझेदारी समेत गरेका थिए । उनले पहिलो विकेटका लागि अभिषेक शर्मासँग ९८ रनको साझेदारी गरेका थिए । भने, दोस्रो विकेटका लागि इशान किशनसँग महत्वपुर्ण १०५ रनको साझेदारी गरेका थिए ।

२) इशान किशन

विष्फोटक ब्याटरको छवी बनाएका इशान किशनको ब्याटबाट फाइनलमा महत्वपुर्ण अर्धशतक बनेको थियो । उनले न्युजिल्याण्डविरुद्धको फाइनल खेलमा मात्र २३ बलमा अर्धशतक पूरा गरेका थिए । किशनले २५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

पहिलो इनिङमा रन बनाएर टिमलाई विशाल योगफलसम्म पुर्याउन सहयोग गरेका किशनले दोस्रो इनिङमा फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । किशनले महत्वपुर्ण ३ क्याच लिएका थिए । उनले न्युजिल्याण्डका लागि सर्वाधिक रन बनाएका टिम साइफर्ट, रचिन रविन्द्र र ड्यारियल मिचेलको क्याच लिएका थिए ।

३) जसप्रित बुमराह

बलिङमार्फत बुमराहको योगदान फाइनल खेलमा पनि उस्तै रहेको थियो । बुमराह ४ ओभरमा मात्र १५ रन खर्चिएर ४ विकेट लिदै फाइनल खेलको प्लेयर अफ द म्याच समेत भएका थिए । बुमराहले रचिन रविन्द्र, कप्तान मिचेल स्यान्टेनर, जेम्स निशम र म्याट हेनरीको महत्वपुर्ण विकेट लिदै भारतलाई च्याम्पियन बनाउँन महत्वपुर्ण योगदान गरेका थिए ।

यसबाहेक भारतलाई च्याम्पियन बनाउँन अक्षर पटेल, अभिषेक शर्मा, अर्शदिप सिंह तथा शिभम दुवे लगायतको पनि महत्वपुर्ण योगदान रहेको थियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||