फाल्गुन २५, २०८२ सोमबार | ११:२०:२१
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन

काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ । आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डमाथि ९६ रनको जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधी जितेको हो ।

भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो । न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए । कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोडे ।

भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए ।

त्यसअघि भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो ।

भारतका लागि सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गरे । सञ्जु स्यामसन सर्वाधिक ८९ रनमा आउट भए । उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि अर्का ओपनर अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको साझेदारी गरे । शर्मा २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५२ रनमा आउट भए ।

तेस्रो विकेटका लागि स्यामसनले इशान किशनसँग ४८ बलमा १०५ रनको शतकिय साझेदारी गरे । किशनले २५ ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए । न्युजिल्याण्डका लागि जिम्मी निशमले १६ औं ओभरमा महत्वपुर्ण ३ विकेट लिएपछि भारतको रन गती रोकिएको थियो । भारतले कप्तान सुर्यकुमार यादवलाई रनको खाता नखोल्दै गुमायो ।

हार्दिक पाण्ड्या १३ बलमा १८ रन बनाउँदै आउट हुँदा शिभम दुवे २६ रनमा अविजित रहे । भारतले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ५२ रन जोड्न सफल भयो ।

न्युजिल्याण्डका लागि जिम्मी निशमले ३ तथा रचिन रविन्द्र र म्याट हेनरीले समान १ विकेट लिए । दोस्रो पटक फाइनल खेलेको न्युजिल्याण्डले फेरी पनि उपविजेतामा चित्त बुझाएको छ । न्युजिल्याण्ड सन् २०२१ को विश्वकप फाइनलमा पनि अस्ट्रेलियासँग पराजित हुदै उपविजेता बनेको थियो ।

ट्वान्टी २० विश्वकपको लगातार दोस्रो पटक उपाधी जित्ने भारत पहिलो राष्ट्र समेत बनेको छ । सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा समेत भारत च्याम्पियन भएको थियो । त्यस विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई फाइनलमा पराजित गरेको थियो ।

घरमा नै आयोजना भएको विश्वकपमा च्याम्पियन बन्ने पनि भारत पहिलो राष्ट्र बनेको छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||