कार्तिक २४, २०८२ सोमबार | १६:४४:२०
नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक

नेपाल आइपुगे जोहन सिम्पसन

काठमाडौं । इङ्लिस विकेटकिपर ब्याटर जोहन सिम्पसन नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपाल आइपुगेका छन् ।

उनले एनपिएलमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गर्नेछन् । सोमबार त्रिभुवन विमानस्थालमा अवतरण गरेका सिम्पसनलाई काठमाडौंका प्रतिनिधिले सिम्पसनलाई स्वागत गरेका थिए । 

सिम्पसनले इङ्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ती सबै सन् २०१९ मा भएको पाकिस्तानविरुद्धको शृंखलामा थिए ।

सिम्पसनले १९५ टी–ट्वान्टी खेलमा १२ अर्धशतकसहित ३ हजार १६३ रन बनाएका छन् । उनीसँग इङ्ल्यान्डको काउन्ट्री क्रिकेटका साथै, द हन्ड्रेड, टी-ट्वान्टी ब्लास्ट खेलेको अनुभव छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डौंले आफ्नो विदेशी खेलाडीको कोट पूरा गरिसकेको छ ।

टोलीले दोस्रो सिजनका लागि सिम्पसनसँगै दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार, इङ्लिस ब्याटर बेन चाल्र्सवर्थ र भारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेललाईलाई अनुबन्धन गरेको छ ।

यस्तै काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


भिडियो
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder
लिग नहुँदा टिम तयार गर्न गाह्रो भयो ll Hari Khadka, Head Coach, National Football Team
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II