कार्तिक २३, २०८२ आइतबार | १७:३५:३९
एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो आशिषको ह्याट्रिकमा जन जागृतिविरुद्ध लालिगुँरासको सानदार जित काठमाडौं र एक्सट्रिम इनर्जी ड्रिन्कबीच सम्झौता एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो

एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला

काठमाडौं । विश्वप्रख्यात फुटबल प्रशिक्षक पेप ग्वाड्रिओलाका लागि आज खास दिन हो । उनको टोली म्यानचेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगमा लिभरपुलको आतिथ्य गर्दैछ । व्यावसायिक प्रशिक्षण करिअरमा ग्वाड्रिओलाको यो १०००औं खेल हुनेछ ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक प्रशिक्षण करिअर सुरु गरेका ग्वाड्रिओलाले सिटीको टचलाइन सम्हाल्नुअघि जर्मन महारथी बार्यन म्युनिखलाई पनि ‘लिड’ गरेका थिए । कूल ९९९ खेलमा उनले आफूलाई विश्व फुटबलकै सर्वोत्कृष्ट प्रशिक्षकका रुपमा आफूलाई स्थापित गरिसकेका छन् ।

ग्वाड्रिओलाले १८ वर्षअघि बार्सिलोनाको जिम्मेवारी लिएका थिए । त्यसयता उनले ४० उपाधि जितिसकेका छन् । बार्सिलोनामा उनले पहिलो सिजनमै ऐतिहासिक ‘ट्रेबल’ जितेका थिए । बार्सिलोनापछि बायर्नमा पनि उनको सफलताले निरन्तरता पायो । यद्यपि उनले बायर्नबाट च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेनन् । सिटीमा भने उनले यो सफलता हासिल गरे ।

ग्वाड्रिओलाले ५४९ खेलमा सिटीको नेतृत्व गरिसकेका छन् । कूल १८ उपाधि उनले सिटीमा हासिल गरेका छन् । जसमध्ये उनले ६ प्रिमियर लिग उपाधि जितेका छन् ।

एक हजार खेलको कोसेढुंगा पूरा गर्ने उनी ११९औं प्रशिक्षक हुनेछन् ।

शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटाउन लिभरपुल र सिटी दुबैका लागि यो खेल एकदमै महत्वपूर्ण छ । सिटी हाल १९ अंकका साथ तेस्रो स्थानमा छ भने लिभरपुल १८ अंकसहित छैटौं स्थानमा छ । आइतबारको जितले दुबैलाई दोस्रो स्थानमा पुर्याउनेछ ।

गत सिजन लिभरपुलले सिटीविरुद्ध दुबै लेगमा जित समान २–० को जित हासिल गरेको थियो । इत्तिहादमा भएको दोस्रो लेगमा मोहम्मद सलाह र डोमिनिक सोबोस्लाईले गोल गरेका थिए ।

पछिल्लो सात प्रिमियर लिग खेलमा कम्तिमा पनि एक गोल गरेका हालान्डले यस सिजन कूल १३ गोल गरिसकेका छन् । सिटीलाई जित्न लिभरपुलले आज स्ट्राइकर हालान्डलाई रोक्न आवश्यक छ ।

लिभरपुलले पछिल्ला पाँचमध्ये चार खेलमा पराजय बेहोरेको छ । अघिल्लो खेलमा एस्टन भिल्लामाथि २–० को जित हासिल गरेको लिभरपुलले यसै साता च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई हराएको थियो । लिभरपुल जितको यो ‘मोमेन्टम’लाई कायम राख्न चाहन्छ ।

११औं चरणको यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।


भिडियो
Private video
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन