कार्तिक २२, २०८२ शनिबार | २३:०६:०२
आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं । नेपाली महिला फुटबलकी ‘डेड बल स्पेशलिस्ट’ले आफ्नो ‘सेटपीस’बाट फेरि एकपटक फुटबल प्रेमीको ध्यान तानेको दिन नेपाल एपिएफ क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शनिबार शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मीविरुद्ध रोमाञ्चक जित निकाल्यो । टाइब्रेकरमा आर्मीलाई निराश पारेको एपिएफका लागि कप्तान अनिता बस्नेतले निर्णायक पेनाल्टी प्रहार गरेकी थिइन् ।

आर्मीले खेलको ६३औं मिनेटमा चन्द्रा भण्डारीको गोलमार्फत अग्रता बनाएको थियो । निर्धारित समयसम्म एपिएफले गोल गर्न सकेन । त्यसपछि सात मिनेट थपिएको थियो । चौथो मिनेटमा आर्मीकी अट्याकिङ मिडफिल्डर विमला चौधरीले बललाई हातले छोएपछि एपिएफले करिब २५ यार्ड पर सेटपीस अवसर पायो । जसलाई डेड बल स्पेशलिस्ट अनिताले सानदार ढंगमा सदुपयोग गरिन् । उनको ‘क्लास’ फ्रिकिक प्रहारलाई विपक्षी गोलकिपर कोपिला खड्काले बचाउन सकिनन् । निर्धारित खेल १–१ को बराबरीमा सकियो ।

पेनाल्टी सुटआउटमा अनितासँगै एपिएफका लागि सबिता राना, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गर्दा भने रेनुका हमालको प्रहार कोपिलाले रोकिन् ।

आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके । विमला (चौधरी) र सुस्मिता चौधरीको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरलाई बचाउन गाह्रो भएन । दुई बचाउसँगै अञ्जना खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल कार्तिक २४ गते सोमबार दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।