कार्तिक २०, २०८२ बिहीबार | २१:४५:२१
सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा

अस्ट्रेलियाविरुद्ध भारतको अग्रता

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा भारतले ४८ रनको सहज जित दर्ता गरेको छ ।

 जितसँगै भारतले पाँच खेलको शृंखलामा २-१ काे अग्रता लिएको छ ।  यसअघि अस्ट्रेलिया चार तथा भारत पाँच विकेटले विजयी भएका थिए । एक खेल वर्षाका कारण नतिजाविहिन बनेको थियो ।

बिहीबार क्यानभेरास्थित कारारा ओभलमा भारतले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १८.२ ओभरमा ११९ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले ३०, म्याथ्यु शर्टले २५, मार्कस स्टोइनिसले १७, टिम डेविडले १४, जोश इङ्लिसले १२ र जोश फिलिपले १० रन बनाए ।

भारतका लागि वासिङ्टन सुन्दले तीन, अक्षर पटेल र शिवम दुबेले समान दुई तथा अर्शदीप सिंह, जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि शुभमन गिलले ४६, अभिषेक शर्माले २८, शिवम दुबेले २२, अक्षर पटेलले अविजित २१,  कप्तान सूर्यकुमार यादवले २० र  वासिङ्टन सुन्दरले १२ रन बनाए ।

पहिलो विकेटका लागि शुभमन र आभिषेकबीच ५६ रनको साझेदारी भएको थियो । अस्ट्रेलियाका लागि नाथन एलिस र एडम जाम्पाले समान तीन तथा जेभियर बार्टलेट र मार्कस स्टोइनिसले समान एक विकेट लिए ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?