काठमाडौं । काँक्रे विहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिगमा बिहीबार हैरान्स क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
हेटौंडाको गौरिटार रंगशालामा काँक्रे विहारलाई जित दिलाउन सुजन बलम्पाकीमगर आशिष चापागाईँ र अनिश घर्तीक्षेत्रीले गोल गरे । हैरान्सका लागि समिरान थोकर र विश्व लामाले गोल गरे ।
खेलको ३२औं मिनेटमा सुजनको गोलमार्फत काँक्रे विहारले अग्रता लिएको थियो । १० मिनेटपछि नै आशिषले टोलीको अग्रता दोब्बर बनाए ।
समिराजले ५८औं मिनेटमा हैरान्सका लागि गोल फर्काए । ६८औं मिनेटमा अनिशले गोल गर्दा काँक्रे विहारको अग्रता ३१ मा पुग्यो ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा विश्वले गोल गर्दै हैरान्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
भिडियो
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
Deleted video
