कार्तिक १९, २०८२ बुधबार | २३:००:०२
नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित

काठमाडौं । वेस्ट इन्डिजले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा १० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

बुधबार अकल्यान्डस्थित इडेन पार्कमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कप्तान मिचेल स्यान्टनरले २८ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी टिम रोबिनसनले २७, रचिन रविन्द्रले २१, डिभोन कोन्वे र ड्यारिल मिचेलले समान १३ तथा जेम्स निशमले ११ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन सिल्स र रोस्टन चेजले समान तीन तथा म्याथ्यु फोर्ड र रोमारियो शेफर्ड र अकिल होसेनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ३९ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी रोभमन पावेलले ३३, रोस्टन चेजले २८ र एलिक एथानाजेले १६ रन बनाए । 

न्युजिल्यान्डका लागि ज्याकोब डफी र जेक फल्कसले समान दुई तथा कायल जेमिसन र जेम्स निशमले समान एक विकेट लिए ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL