कार्तिक १९, २०८२ बुधबार | २३:०७:०१
नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमाडौँ मेरियट होटलले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ‘लक्जरी स्टे’ पार्टनरका रूपमा साथ दिने भएको छ ।

बुधबार होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रकाश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सुदूरपश्चिमका सिइओ खड्काले देशकै प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।  ‘मेरियट जस्तो प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा निकै खुशि छु। यो सहकार्यले दुबै पक्षलाई सकारात्मक ऊर्जा मिल्नेछ,’ खड्काले भने ।

त्यस्तै, मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर कम्बोजले आफ्नो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न तयार रहेको बताए । ‘ मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न हामी तयार छौं। यो सम्झौताले हामीलाई निकै खुसी बनाएको छ,’ कम्बोजले भने।

जगत टमटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोस ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL