कार्तिक १९, २०८२ बुधबार | २३:००:०२
नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

युएई शृंखलामा नेपाल जितविहिन

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल जितविहिन बनेको छ ।  

बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भयो  ।

यसअघि नेपालले अमेरिकासँग १०६ रन र चार विकेट तथा युएईसँग पाँच विकेटकाे हार बेहाेरेकाे थियाे । 

हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेकाे युएई समान खेलबाट १० अंकका साथ पुछारमा छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९६ रनको योगदान गरे । यसैगरी मोहम्मद वासिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६, सोहेब खानले २९, कप्तान अलिसान शराफुले १८ र हर्षित कौशिकले १३ रन बनाए ।

चौथो विकेटका लागि शहदाद र वासिमले १४७ रनको साझेदारी गरेका थिए । नेपालका लागि करण केसीले तीन तथा नन्दन यादव, ललितनारायाण राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको थियो ।  

नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५ दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाए ।

दोस्रो विकेटका लागि भीम र आसिफबीच ७४ रनको साझेदारी भएको थियो । युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई तथा जाहिद अलीले एक विकेट लिए ।


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL