कार्तिक १३, २०८२ बिहीबार | १०:५१:२२
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल नेपाललाई युएईको चुनौती नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध

वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला वेस्ट इन्डिजलेले आफ्नो पक्षमा पारेको छ ।

बुधबार चट्टोग्रामस्थित वीर श्रेष्ठ फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान रंगशालामा सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले १४ रनको जित निकाल्यो ।

जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रनमात्रै बनाउन सक्यो ।

बंगलादेशका लागि तान्जिद हसनले ४८ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी  कप्तान लिटोन दासले २३, जाकिर अलीले १७ र तोविद हृदयले १२ रन बनाए ।

वेस्ट इन्डिजका अकिल होसेन र रोमारियो शेफर्डले समान तीन तथा जेसन होल्डरले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान साई होपले ३६ बलमा समात तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी एलिक एथानाजेले ३३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५२, रोस्टन चेजले अविजित १७ र  रोमारियो शेफर्डले १३ रन बनाए ।

दोस्रो विकेटका लागि होप र एथानाजेबीच १०५ रनको साझेदारी भएको थियो । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन, नसुम अहमद रिशाद होसेनले समान दुई तथा तस्किन अमहमदले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain