काठमाडौं । क्रिस्टल प्यालेसँग ३-० ले पराजित हुँदै लिभरपुल इङ्लिस फुटबल लिग कप (कारवाओ कप) को चौथो चरणबाटै बाहिरिएको छ ।
बुधबार एनफिल्डमा पाहुना टोली प्यालेसलाई जित दिलाउन इस्माइला सारले दुई तथा यारिमी पिनोले एक गेल गरे ।
खेलको ४१औं मिनेटमा सारको गोलमार्फत प्यालेसले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि सारले नै टोलीको अग्रता दोब्बर बनाए । यस पटक पिनोले गोलको अवसर सिर्जना गरेका थिए ।
रक्षक एमर नालोले ७९औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । उनी ६७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टको स्थान लिँदै मैदान प्रवेश गरेका थिए ।
पिनोले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै प्यालेसलाई ३-० को सहज जित दिलाए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
