काठमाडौं । बायर्न एमबेउमो उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनविरुद्ध ४-२ को जित दर्ता गरेको छ ।
जितसँगै ९ खेलमा १६ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन समान खेलबाट १२ अंकका साथ १३औं स्थानमा छ ।
ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन एमबेउमोले दुई तथा म्याथ्युज कुन्हा र क्यासिमिरोले समान एक गोल गरे । ब्राइटनका लागि ड्यानी वेलबेक र चार्लाम्पोस कोस्टौलासले गोल फर्काए ।
खेलको २४औं मिनेटमा कुन्हाको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । १० मिनेटपछि नै क्यासिमिरोले टोलीको अग्रता दोब्बर बनाए ।
एमबेउमोले ६१औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे । ७२औं मिनेटमा वेलबेकले ब्राइटनका लागि पहिलो गोल फर्काए ।
इन्जुरी समयमा कोस्टौलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउनले संकेत दिएका थिए । इन्जुरी समयै एमबेउमोले व्यक्गित दोस्रो गोल गर्दै युनाइटेडको जित पक्का गरे ।
शनिबारै सम्पन्न् अन्य खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३-२, सन्डरल्यान्डले चेल्सी तथा न्युक्यासल युनाइटेडले फुलहमलाई समान २-१ ले पराजित गरे ।
