कार्तिक ८, २०८२ शनिबार | ०३:१९:५३
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै
शनिबारको दिन

‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’

काठमाडौं । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दुई टेस्टको शृंखला भर्खर सकिएको छ । यो शृंखला १-१ को बराबरीमा टुंगियो । त्यसको अर्थ कुनै टिम हारेनन् । पहिलो टेस्ट लहोरमा भएको थियो, त्यसमा पाकिस्तान ९३ रनले विजयी भयो । त्यसपछि दोस्रो टेस्ट रावलपिन्डीमा भएको थियो र त्यसमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भयो । एक प्रकारले दुवै टिम सन्तुष्ट हुनु पर्ने शृंखला हो यो ।

तर अहिले चारैतर्फ पाकिस्तानी क्रिकेटको आलोचना भइरहेको छ । विशेषतः पाकिस्तानका ब्याटरहरुको । जतिले पाकिस्तानी क्रिकेटलाई नजिकबाट हेरिरहेका छन्, तिनीहरू सबैको दाबी हो, यति बेला पाकिस्तानी क्रिकेटको स्तर घटेको छ । धेरै हदसम्म पाकिस्तानी बलिङ आक्रमणबारे बोल्नु ठीक हुन्न, यो विधामा राम्रै भइरहेको छ । साँच्चै समस्या भनेको ब्याटिङमै हो, ब्याटबाट पाकिस्तानको प्रदर्शन लगातार खराव भइरहेको छ ।

यस्तो किन त ? यसका लागि ती क्रिकेट पण्डितले केही खास खास कारण अगाडि सारेका छन् । त्यस अनुसार एक त पाकिस्तानमा घरेलु क्रिकेटको स्तर साँच्चै घटेको छ, यसकै असर राष्ट्रिय टिममा देखा परेको हो । विशेषतः पाकिस्तानको प्रथम श्रेणीको क्रिकेट अहिले कमजोर स्थितिमा छ । सबैको ध्यान ट्वान्टी-२० क्रिकेटमै छ । क्रिकेटको वास्तविक स्वरूप प्रथम श्रेणी अहिले हेपाईमा परेको छ ।

पहिलो इनिङ्समा पाकिस्तानले ३३३ रन बनाएको थियो । त्यसमा पछि एक समय पाकिस्तान ६ विकेट गुमाएर ३१६ रनको स्थितिमा थियो । तर एकाएक टिम अलआउट भयो । 

अनि पाकिस्तानी टिममा पनि उत्तिकै परिवर्तत भएको छ । कहिले को खेलाडी पर्ने हो र कहिले को खेलाडी बाहिरिने हो, त्यो टुंगो छैन् । हुँदा हुँदा कति बेला को खेलाडी कप्तान हुने र को नेतृत्वबाट फ्यालिने भन्ने पनि टुंगो छैन् । अनि पाकिस्तानी टिमका लागि घरेलु मैदानमा तयार पारिएका पिचमा पनि उत्तिकै फेरबदल भयरहन्छ । कहिले ब्याटिङ पिच, कहिले बलिङ पिच, अनि कहिले के कहिले के ।

दक्षिण अफ्रिकाविरुद्धको त्यही रावलपिन्डी टेस्टमा पनि एक समय पाकिस्तान मजबुत नै देखिएको थियो । तर टिम के एकपल्ट ब्याटिङमा नाटकीय पतनको शिकार बन्यो, जित उसको हाटबाट छुट्यो । पाकिस्तान त्यस टेस्टको दोस्रो इनिङ्समा १ सय ३८ रन बनाएर अलआउट भएको थियो । त्यसमा बाबर आजम एक्लैले ५० रनको इनिङ्स खेले, नत्र स्थिति अझ नाजुक हुने थियो ।पहिलो इनिङ्समा पाकिस्तानले ३३३ रन बनाएको थियो । त्यसमा पछि एक समय पाकिस्तान ६ विकेट गुमाएर ३१६ रनको स्थितिमा थियो । तर एकाएक टिम अलआउट भयो । टिमले १७ रनमै पाँच विकेट गुमाएको थियो । यसरी टिमको नाटकीय पतनको सूची बनाउने हो भने पनि त्यो लामो हुने भइसक्यो । यस्तोमा पाकिस्तानी प्रशिक्षक अजर महमुदले ठीकै भनेका छन्, ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो ।’