कार्तिक ५, २०८२ बुधबार | ११:३२:५२
स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान

पिएसजीको विजयी यात्रा जारी

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

पिएसजीले मंगलबार बायर लेभरकुसनविरुद्ध ७-२ को सानदार जित दर्ता गर्यो ।

जितसँगै  तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित लेभरकुसन समान खेलबाट दुई अंकका साथ २७औं स्थानमा छ ।

बे एरिनामा पाहुना टोली पिएसजीलाई जित दिलाउन डेसिरे डुएले दुई तथा विलियन पाचो, ख्विचा क्वारत्स्खेलिया, नुनो मेन्डिस, ओस्माने डेम्बेले र भिटिन्हाले समान एक गोल गरे । लेभरकुसनका लागि दुवै गोल एलेक्स गार्सियाले फर्काए ।

खेलको सातौं मिनेटमा पाचोको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । २५औं मिनेटमा अलेजान्ड्रो ग्रिमाल्डो पेनाल्टीमा चुक्दा लेभरकुसनले बराबरी गर्ने सुनौलो अवसर गुमायो ।

रोबर्ट एन्ड्रिकले ३३औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लेभरकुसन १० खेलाडीमा समेटिएको थियो ।

त्यसको चार मिनेटपछि पिएसजी पनि १० खेलाडीमा समेटियो । इलिया जाबार्नीले रातोको कार्डको सामना गर्दै मैदान छोडेका थिए ।

गार्सिलाले ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लेभरकुसनलाई बराबरीमा ल्याए । ४१औं मिनेटमा डुए र ४४औं मिनेटमा क्वारत्स्खेलियाले गोल गर्दा पिएसजीको अग्रता ३-१ मा पुग्यो ।

पहिलो हाफको इन्जुरी समयमा डुएले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । ५०औं मिनेटमा मेन्डिसले पिएसजीलाई ५-१ ले अगाडि बढाए ।

त्यसको चार मिनेटपछि गार्सियाले व्यक्तिगत दोस्रो गोल गरे ।  डेम्बेलेले ६६ र भिटिन्हाले ९०औं मिनेटमा गोल गरेपछि पिएसजीले एकतर्फी जित दर्ता गर्यो  ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain