कार्तिक ५, २०८२ बुधबार | १४:३०:५५
काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित

काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

आर्सनलले मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ४-० को एकतर्फी जित दर्ता गर्यो ।

जितसँगै तीन खेलमा ९ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । पराजित एट्लेटिको समान खेलबाट तीन अंकका साथ १८औं स्थानमा छ ।

इमिरेट्स रंगशलामा घरेलुु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेसले दुई तथा गाब्रियल म्यागाल्हेस र गाब्रियल मार्टिनेलीले समान एक गोल गरे ।

पहिलो हाफ गोलरिहत बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा म्यागाल्हेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । सात मिनेटपछि मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए ।

ग्योकेरेसले ६७ र ७०औं मिनेटमा गोल गर्दै आर्सनललाई एकतर्फी जित दिलाए ।

मंगलबारै सम्पन्न अन्य खेलमा बार्सिलोनाले ओलिम्पियोकसलाई ६-१, पेरिस सेन्ट जर्मनले बायर लेभरकुसनलाई ७-२, इन्टर मिलानले रोयल युनियन सेन्ट गिलोइस तथा  बोरुसिया डर्टमन्डले एफसी कोपनहेगनलाई समान ४-०, पिएसभीले नपोलीलाई ६-२, म्यानचेस्टर सिटीले भियारियाललाई २-० र न्युक्यासल युनाइटेडले बेन्फिकालाई ३-० ले पराजित गरे ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain