काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ ।
मंगलबार दिल्लीको अरुण जेट्ली रंगशालामा सम्पन्न दोस्राे टेस्टमा भारतले सात विकेटको सहज जित निकाल्यो ।
यससँगै भारत दुई टेस्टको शृंखलामा २-० ले विजयी भयो । पहिलो टेस्टमा भारत इनिङ अन्तरले विजयी भएको थियो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १२१ रनको भारतले ३५.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि केएल राहुलले १०८ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५८ रनको योगदान गरे । यसैगरी साई सुदर्शनले ३९ र कप्तान शुभमन गिलले १३ रन बनाए ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले दुई र जोमेल वारिक्यानले एक विकेट लिए ।
भारतले ६३-१ को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको थियो ।
फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङमा ३९० रन बनाएपछि भारतले १२१ रनको लक्ष्य प्राप्त गरेको थियो ।
दोस्रो इनिङमा वेस्ट इन्डिजका लागि जोन क्याम्पवेलले १९९ बलमा १२ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११५ रनको योगदान गरे । साई होपले २१४ बलमा १२ चौका र दुई छक्कासहित १०३ रन बनाए ।
यसैगरी जस्टिन ग्रिभ्सले ५०, रोस्टन चेजले ४०, जेडन सिल्सले ३२, टेभिन इम्लाचले १२ र टगेनारायण चन्द्रपलले १० रन बनाए ।
भारतका लागि कुलदीप यादव र जसप्रित बुमराहले समान तीन, मोहम्म सिराजले दुई तथा रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले ५१८-५ को स्थितीमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा २४८ रन मात्रै बनाउन सकेपछि वेस्ट इन्डिज फलो अनमा परेको थियो ।