आश्विन २७, २०८२ मंगलबार | ०३:०५:०४
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित १००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन् काठमाडौं गोर्खाजको नयाँ रुपः ‘जर्सी र लोगोसँगै भावनामा पनि’ एएफसी यु–१७ एसियन कप छनोटः तुर्कमेनिस्तानको पोस्टमा थाइल्यान्डको १७ गोल नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य कतारविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको एक सय रन पूरा कतारविरुद्व टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा आदिललाई मौका नेपाल कबड्डी लिग सिजन-२ का लागि ५१२ नेपाली खेलाडी दर्ता एन्फा नेतृत्वलाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका तीन विकल्पः राजीनामा, अर्ली इलेक्सन वा तत्काल लिग विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित १००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन् काठमाडौं गोर्खाजको नयाँ रुपः ‘जर्सी र लोगोसँगै भावनामा पनि’ एएफसी यु–१७ एसियन कप छनोटः तुर्कमेनिस्तानको पोस्टमा थाइल्यान्डको १७ गोल नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य कतारविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको एक सय रन पूरा कतारविरुद्व टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा आदिललाई मौका नेपाल कबड्डी लिग सिजन-२ का लागि ५१२ नेपाली खेलाडी दर्ता एन्फा नेतृत्वलाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका तीन विकल्पः राजीनामा, अर्ली इलेक्सन वा तत्काल लिग विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने

सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा कतारविरुद्ध लक्ष्यअनुरुपको योगफल खडा गर्न सकेन । तर, सन्दीप लामिछानेको सानदार बलिङप्रेरित नेपालले अर्को रोमाञ्चक जित हासिल गर्यो ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा कतारले नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउन सकेन । १३औं ओभरको समाप्तिमा कतारले दुई विकेटको क्षतिमा १०५ रन जोडेको थियो । सात ओभरमा कतारलाई जितका लागि ६.१४ प्रति ओभर रन आवश्यक रहँदा नेपालको जित कल्पना बाहिरको कुरा थियो । तर, नेपालले जितको मुखमा रहेको कतारसँग पाँच रनको जित हासिल गर्दै दुई अंक खोस्यो ।

अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको कतारलाई जितका लागि १० रनको आवश्यकता थियो । कप्तान रोहित पौडेलले तीन खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका सन्दीपलाई बलिङको जिम्मेवारी दिए । सुरुआती दुई बल ‘डट’ फ्याकेका सन्दीपले तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गरिदिए । त्यसपछिका दुई बलमा कतारले दुई रन जोड्यो । अब अन्तिम बलमा कतारलाई सात रन आवश्यक रह्यो । स्ट्राइकमा थिए, मुजीब उर रेहमान । मुजीबलाई छक्काबाहेकको विकल्प थिएन । तर, सन्दीपको वाइड बलमा मुजीब आसिफ सेखबाट स्टम्प आउट भए ।

सन्दीपले १०औं ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । ५६ रनको अर्धशतकीय पारी खेलेका ओपनर इमाल लियानेजलाई सन्दीपले बोल्ड गरिदिए । लियानेजले जुबेर अलीसँग मिलेर पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । त्यसपछि क्रिजमा आएका मुहम्मद असीम १० रन बनाउन नपाउँदै पेभिलियन फर्किए । १२औं ओभरको अन्तिम बलमा उनी सन्दीपबाट एलबिडब्लुको शिकार बने ।

नेपालका लागि १४औं ओभर फलदायी सावित भयो । नन्दन यादवको त्यो दोस्रो ओभर थियो । सुरुआती दुई बलमै दुई खेलाडी पेभिलियन फर्किए । पहिलो बलमा मीर्जा मोहम्मद बेग दीपेन्द्रसिंहबाट रनआउट भए । दोस्रो बलमा मुहम्मद तनवीर पनि रनआउटकै शिकार बने । यसपाली मुहम्मद आदील अलामले नेपाललाई खुसी दिएका थिए ।

सन्दीपले १६औं ओभरको अन्तिम बलमा मध्यक्रमका ब्याटर शाहजेब जामीललाई बोल्ड गर्दै तेस्रो सफलता हासिल गरे । जतिबेला कतारले १२२ रन बनाइसकेको थियो । १७औं ओभरको दोस्रो बलमा नन्दनले शरिक मुनिरलाई एलबिडब्लुको शिकार बनाए । अर्को ओभरको पाँचौं बलमा दीपेन्द्रले ड्यानियल आर्चरलाई बोल्ड गरिदिए । यसबीच ओपनर जुबेर अलीले अर्धशतक बनाए ।

नन्दनले १९औं ओभरको पहिलो बलमा जुबेरको विकेट लिएसँगै नेपाली समर्थकमाझ अर्को रोमाञ्चक जितको आशा पलाएको थियो । त्यो ओभरमा नन्दनले तीन ‘वाइड’ फ्याक्दै १० रन खर्चिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो । रोहितले ५८ रनको पारी खेले ।

रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रन बनाए । त्यस्तै १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए ।

कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए । त्यस्तै मुहम्मद असीम लियाकत अली र ओवाइस अहमदको नाममा एक विकेट रह्यो ।

नेपालले स्कोरबोर्डमा १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा भुर्तेल बेइगको शिकार भएका थिए । भुर्तेल विकेटकिपर इमाल लियानेजबाट क्याच भएका थिए । पाँचौं ओभरको पहिलो बलमा भुर्तेलका ओपनिङ जोडी आसिफ शेख पनि लियानेजबाटै क्याच भए । यसपाली पनि कतारलाई बेइगले नै सफलता दिलाए ।

आठौं ओभरको चौथो बलमा कुशल मल्ल ओवाइस अहमदको शिकार बने । कुशलको पेभिलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरिले रोहितसँग मिलेर ६२ रनको अर्धशतकीय साझेदारी गरे । यसबीच रोहितले ३५ बलमा ६ चौका र एक छक्कासहित आफ्नो ८औं ट्वान्टी–२० अर्धशतक पूरा गरे । १५औं ओभरको अन्तिम बलमा ड्यानियल लुइसले दीपेन्द्रको विकेट लिँदै कतारलाई ‘ब्रेक थ्रु’ दिलाए । दीपेन्द्र जुबेर अलीबाट क्याच भए ।

कतारले १७औं ओभरमा थप दुई सफलता हासिल गरेपछि खेलको ‘मोमेन्टम’ बदलिएको थियो । ड्यानियल आर्चरले मोहम्मद आदिल अलाम र रोहितलाई पेभिलियनको बाटो देखाए । ललित राजवंशीलाई प्रतिस्थापन गर्दै पहिलो पटक छनोटमा मौका पाएका आलमले ६ बलमा दुई रन मात्र बनाउन सके । उनी आर्चरबाटै क्याच भए । रोहितलाई भने आर्चरले बोल्ड गरेका थिए । अर्को ओभरमा सन्दीप जोरा मुहम्मद असीम अलीबाट बोल्ड भए ।

गुल्सनले १९औं ओभरमा दुई छक्का प्रहार गरे । चौथो बलमा उनी मिर्जा बेइगबाट बोल्ड भए । अन्तिम बलमा सोमपाल बेइगबाटै रनआउट भएका थिए ।

जितसँगै नेपाल अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको नजिक पुगेको छ । नेपाल स्पष्ट ६ अंकका साथ हाल अंकतलिकाको दोस्रो स्थानमा छ । बुधबार शीर्ष स्थानको ओमानलाई हराए नेपालले विश्वकपमा सथान बनाउनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो । मंगलबार दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) नेपालसँग एक रनले स्तब्ध बनेको थियो ।


भिडियो
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER