आश्विन २७, २०८२ मंगलबार | ०१:२८:४९
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित १००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन् काठमाडौं गोर्खाजको नयाँ रुपः ‘जर्सी र लोगोसँगै भावनामा पनि’ एएफसी यु–१७ एसियन कप छनोटः तुर्कमेनिस्तानको पोस्टमा थाइल्यान्डको १७ गोल नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य कतारविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको एक सय रन पूरा कतारविरुद्व टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा आदिललाई मौका नेपाल कबड्डी लिग सिजन-२ का लागि ५१२ नेपाली खेलाडी दर्ता एन्फा नेतृत्वलाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका तीन विकल्पः राजीनामा, अर्ली इलेक्सन वा तत्काल लिग विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित १००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन् काठमाडौं गोर्खाजको नयाँ रुपः ‘जर्सी र लोगोसँगै भावनामा पनि’ एएफसी यु–१७ एसियन कप छनोटः तुर्कमेनिस्तानको पोस्टमा थाइल्यान्डको १७ गोल नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य कतारविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको एक सय रन पूरा कतारविरुद्व टस हारेर ब्याटिङ गर्दै नेपाल, ललितको स्थानमा आदिललाई मौका नेपाल कबड्डी लिग सिजन-२ का लागि ५१२ नेपाली खेलाडी दर्ता एन्फा नेतृत्वलाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका तीन विकल्पः राजीनामा, अर्ली इलेक्सन वा तत्काल लिग विलियमसनले इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । मध्यक्रमका ब्याटर सस्तैमा पेभिलियन फर्किए पनि कप्तान रोहित पौडेलको अर्धशतकीय पारीप्रेरित नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत कतारसामू १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी सुपर सिक्सको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १४७ रन जोड्यो ।

रोहितबाहेक दीपेन्द्रसिंह ऐरिले २६ रनको योगदान गरे । त्यस्तै अन्तिम तीन ओभर बाँकी रहँदा क्रिजमा आएका गुल्सन झाले दुई छक्कासहित १६ रनको पारी खेले । त्यस्तै १०औं नम्बरमा आएका सोमपालले १४ रन बनाए ।

कतारका लागि मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चर मारिया लुइसले समान तीन विकेट लिए । त्यस्तै मुहम्मद असीम लियाकत अली र ओवाइस अहमदको नाममा एक विकेट रह्यो ।

नेपालले स्कोरबोर्ठमा १४ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तेस्रो ओभरको चौथो बलमा भुर्तेल बेइगको शिकार भएका थिए । भुर्तेल विकेटकिपर इमाल लियानेजबाट क्याच भएका थिए । पाँचौं ओभरको पहिलो बलमा भुर्तेलका ओपनिङ जोडी आसिफ शेख पनि लियानेजबाटै क्याच भए । यसपाली पनि कतारलाई बेइगले नै सफलता दिलाए ।

आठौं ओभरको चौथो बलमा कुशल मल्ल ओवाइस अहमदको शिकार बने । कुशलको पेभिलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरिले रोहितसँग मिलेर ६२ रनको अर्धशतकीय साझेदारी गरे । यसबीच रोहितले ३५ बलमा ६ चौका र एक छक्कासहित आफ्नो ८औं ट्वान्टी–२० अर्धशतक पूरा गरे । १५औं ओभरको अन्तिम बलमा ड्यानियल लुइसले दीपेन्द्रको विकेट लिँदै कतारलाई ‘ब्रेक थ्रु’ दिलाए । दीपेन्द्र जुबेर अलीबाट क्याच भए ।

कतारले १७औं ओभरमा थप दुई सफलता हासिल गरेपछि खेलको ‘मोमेन्टम’ बदलिएको थियो । ड्यानियल आर्चरले मोहम्मद आदिल अलाम र रोहितलाई पेभिलियनको बाटो देखाए । ललित राजवंशीलाई प्रतिस्थापन गर्दै पहिलो पटक छनोटमा मौका पाएका आलमले ६ बलमा दुई रन मात्र बनाउन सके । उनी आर्चरबाटै क्याच भए । रोहितलाई भने आर्चरले बोल्ड गरेका थिए । अर्को ओभरमा सन्दीप जोरा मुहम्मद असीम अलीबाट बोल्ड भए ।

गुल्सनले १९औं ओभरमा दुई छक्का प्रहार गरे । चौथो बलमा उनी मिर्जा बेइगबाट बोल्ड भए । अन्तिम बलमा सोमपाल बेइगबाटै रनआउट भएका थिए ।
 


भिडियो
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER