भाद्र २, २०८२ मंगलबार | २०:३७:३८
साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’ साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा झापाविरुद्ध संकटकाको सहज जित स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः स्ट्यागको एकल अग्रता फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा एन्फा महिला लिग छनोटः छहारी लगातार दोस्रो खेलमा विजयी नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित अन्मेश रायमाझीलाई एन्फाको विदाई सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’

नन्दनको सानदार प्रदर्शनमा नेपालको पहिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० शृंखलामा पहिलो जित दर्ता गरेको छ ।

नेपालले मंंगलबमर होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ रनको सहज नित निकाल्यो ।

जितसँगै नेपालले चार खेलमा दुई अंक जोडेको छ । यसअघि टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

काजालिस एरिना पामस्र्टनमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट १६.१ ओभरमा १४४ रनमै समेटियो ।

होबर्टका लागि ब्राड्ली होपले ३१, चार्ली वाकिमले २८, ज्याक कर्टिनले अविजित २१ र टिम वार्डले १३ रन बनाए ।

नेपालका लागि नन्दन यादवले तीन ओभरमा १७ रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यसैगरी कप्तान रोहितकुमार पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आरिफ शेखले ३५, आसिफ शेअले २९, कुशल भुर्तेलले २७, लोकश बमले अविजित २५ र भीम सार्कीले १८ रन बनाए ।

होबर्टका लागि निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई तथा मार्कस बेन, गाबे बेल र ब्राड्ली होपले समान एक विकेट लिए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary