काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा होबर्ट हुरिक्यान्स एकेडेमीसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।
नेपालका लागि आरिफ शेखले ३५, आसिफ शेअले २९, कुशल भुर्तेलले २७, लोकश बमले अविजित २५ र भीम सार्कीले १८ रन बनाए ।
होबर्टका लागि निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई तथा मार्कस बेन, गाबे बेल र ब्राड्ली होपले समान एक विकेट लिए ।
नेपालले पहिलो जितको लक्ष्यमा छ । यसअघि टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video