काठमाडौं । अस्ट्रलेलियाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा लगातार चाैथाे जित दर्ता गरेकाे छ ।
वार्नर पार्कमा आइतबार अस्ट्रेलिया तीन विकेटले विजयी भयो ।
जितसँगै अस्ट्रेलिया पाँच खेलको शृंखलामा ४-० ले अगाडि बढेको छ । यसअघि अस्ट्रेलिया तीन,आठ र ६ विकेटले विजयी भएकाे थियाे ।
वेस्ट इन्डिजले प्रस्तुत गरेकाे २०६ रनकाे लक्ष्य अस्ट्रेलियाले चार बल बाँकी रहँदा सात विकेट गुमाउँदै पूरा गर्याे ।
अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ३५ बलमा सामना तीन चाैका छक्काकाे मद्दतले अविजित ५५ रनकाे याेगदान गरे । यसैगरी जाेश इङ्लिसले ३० बलमा १० चाैका र एक छक्कासहित ५१, ग्लेन म्याक्सवेलले ४७ र आरोन हार्डीले २३ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेडिया ब्लेडेसले तीन तथा जेसन हाेल्डर, राेमारियाे शेफर्ड र अकिल हुसेनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०५ रनकाे याेगफल तयार पारेकाे थियाे ।
वेस्ट इन्डिजका लागि शेर्फन रादरफाेर्डले ३१,राेभमन पावेल र राेमारियाे शेफर्डले समान २८, जेसन हाेल्डरले २६, ब्रेन्डन किंगले १८,अकिल हुसेनले अविजित १६, सिमरन हेटमायरले १६, म्याथ्यु फाेर्डले १५ र कप्तान साइ हाेपले १० रन बनाए ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन तथा आरोन हार्डी, जेभियर बार्ट्लेट, सेन एबाेटले समान दुई विकेट लिए ।
शृंखलाकाे पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ।