काठमाडौं । टी-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) मा सहभागीका लागि खेलाडी दर्ता खुला भएको छ ।
आयोजक डिजीआर स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले आफ्नो नाम एनएसपिएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत भदौ ८ गतेसम्म दर्ता गराउन सक्न जानकारी दियो ।
दर्ता शुल्क ब्याटर र बलरका लागि १ हजार र तथा अलराउन्डरका लागि १ हजार २०० रुपैयाँ तोकिएको छ ।
टिम दर्ता प्रक्रिया यसअघि नै सुरु भइसकेको छ ।
प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ ।
सात टिमको सहभागीता रहने प्रतियोगितामा कूल २४ खेल हुनेछ । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
पौडी प्रतियोगितामा फुटबलका लेजेन्डहरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER