काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि काठमाडौंको फ्रेन्चाइज टोलीले आफ्नो नयाँ नाम र लोगो सर्वाजनिक गरेको छ ।
पहिलो संस्कणमा काठमाडु गुर्खाजको नामले सहभागिता जनाएको टोलीको नाम काठमाडु गोर्खाज राखिएको छ ।
यसैगरी नयाँ लोगोले नयाँ लोगोले काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने बताइएको छ । नयाँ लोगोमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटको मिश्रणसहित डिजाइन राखिएको छ ।
सामाजिक सञ्जालका सबै प्लाटफर्ममा पनि नयाँ नाम राखिसकिएको छ ।
काठमाडौंले गत सिजन पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो ।
टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उनलाई सहायक प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवाले साथ दिने छन् । अन्य सहायक सदस्यहरू चाँडै घोषणा गरिनेछ ।
टोलीले बर्ल्डलंकलाई मुख्य प्रायोजकका रूपमा अनुबन्ध भित्र्याएको छ । सम्झौताअनुसार काठमाडौंको जर्सीको अग्रभागमा वल्र्डलिंकको लोगो रहनेछ ।
टोलीका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा काठमाडौंका सिइओ सुरजसिंह ठकुरी र रोयल टुलिपका जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरे ।
त्यस्तै, काठमाडौंले हस्पिटालिटी पार्टनरको रूपमा ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाडौंसँग सम्झौता गरेको छ । यो नयाँ पाँचतारे होटलले टोलीलाई सम्पूर्ण आवासीय सुविधा उपलब्ध गराउनेछ ।
टोलीको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ ।
काठमाडौंले एपिएलकाे दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।