काठमाडौं । सुदूरपश्चिम प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगतामा सान्त्वना जित निकालेको छ ।
सुदूरपश्चिमले शुक्रबार कालिञ्चोक क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई २९ रनले पराजित गर्यो ।
जितसँगै ६ खेलमा ६ अंक जोडेको सुदूरपश्चिमले चौथो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ । पराजित लुम्बिनी समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा रह्यो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १७.५ ओभरमा ७५ रनमै समेटियो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई २० ओभरमा झारिएको थियो ।
लुम्बिनीका लागि दिव्यान्श वर्माले १९ र सुभम खनालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि रवि धामीले चार, सुशील रावलले दुई तथा रितेश विष्ट र हिमाल धौलयालले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि रविन भण्डारीले २६, कप्तान सचिन भट्टले १६, आयुश चन्दले १३ र सुशील रावलले १० रन बनाए ।
लुम्बिनीका लागि प्रिन्स पालले चार, लक्ष्मण रावल र प्रेमसागर यादवले समान दुई तथा शोएब हसन मुसलमान र दक्क्ष ठुकरले समान एक विकेट लिए ।