काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) आइतबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन् ।
खेल हेदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबाद चार खेलमा दुई अंकका साथ पुछारमा छ । टोली गुजरातलाई निरास बनाउँदै लगातार तीन खेलसम्मको हारको शृंखला अन्त्य गर्न चहान्छ ।
पहिलो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको हैदराबादले त्यसपछिका खेलमा लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्ससँग हार बेहोरेको थियो ।
यता शुभमन गिलको कप्तानीमा रहेको गुजरात तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । टोली आफ्नो विजयी यात्रलाई लगातार तेस्रो खेलसम्म पनि कायम राख्ने सोचमा छ ।
पहिलो खेलमा पन्जाब किंग्ससँग हार बेहोरेको गुजरातले त्यसपछि मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लुरुलाई पराजित गरेको थियो ।
आइपिएलमा यी दुई टोलीबीच पाँच खेल भएका छन् । जसमा गुजरातले तीन र हैदराबादले एक खेल जितेका छन् । एक खेलविना नतिजा टुंगिएको छ ।
गत संस्करणमा गुजरातले सातको जित निकाल्दा एक खेल वर्षाका कारण रद्द भएको थियो ।