चैत्र २५, २०८१ सोमबार | २१:२८:११
एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ यमनको निर्णायक गोलमा श्री कुमारीको पहिलो जित

यु-१९ टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३३ मा झारियो

फाइल तस्विर ।

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या झारेर ३३ मा पुर्याइएको छ ।

यसअघि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले छनोट प्रकृयमा रहेका ५८ मध्येबाट ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

साफ यु-१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।

समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।

दुई वर्षपछि भुटानमा सम्पन्न दोस्रो संस्करणमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी:

गोलकिपरः भक्तबहादुर परियार, पेम्बानोर्बु भोटे, विशेष बानिया, उपेन्द्र लवान, रोजन प्रधान

रक्षकः रोशन तामाङ, करण तामाङ, सुजलमान घले, समिर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्धान्त खड्का, कुसन नेम्वाङ, एकराज विश्वकर्मा, मदन पौडेल, राम थापा, निशान बान्तवा

मिडफिल्डरः कृष्णबहादुर आले, कृष मगर, सरोज दर्लामी, लच्छु थापा, पवन पाख्रिन, सविन लुंगेली मगर, धर्मेन्द्र कुँवर, विनायक थारु, विज्ञान खड्का, रञ्जित लामा, विक्रम गौतम

फरवार्डः सुजन डंगोल, सुवास बम, सन्तोष गोङ्बा, प्रसुन तामाङ, विजय उर्वा


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL