माघ १, २०८१ मंगलबार | २१:२३:०१
अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित

जय ट्रफी: उपाधिका लागि पुलिस र आर्मी प्रतिस्पर्धा गर्दै

आर्मीका कप्तान विनोद भण्डारी (बायाँ) र पुलिसका कप्तान आरिफ शेख, फाइल तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्र्धा गर्दैछन् ।

खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ ।

लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका थिए । पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो ।

लिग चरणमा पुलिसले  मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो । यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिस लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ जस्ता खेलाडीका साथ मैदान उत्रिने छ । 
ललित र अमीत आर्मीका लागि घातक बन्न सक्छन् । ललितले २.७८ को इकोनोमीमा १९ विकेट लिएका छन् । 
उनीभन्दा अगाडि शाहब आलम (२१) मात्रै छन् । एक इनिङमा ४७ रन दिएर सात विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो ।

यसैगरी अमीतले दुई अर्धशतकसहित ८२.९६ को स्ट्राइकरेटमा २२४ रन प्रहार गरेका छन् । उनी उच्च रनकर्तामा मायन यदाव (२६८) भन्दा पछाडि छन् । एक इनिङमा ७९ रन बनाउनु अमीतको उत्कृष्ट प्रदर्शन हो ।

यसैगरी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीको साथ रहनेछ ।

शाहब र बसिर पुलिसका लागि समस्या  बन्नसक्छन् । उच्च विकेटकर्ता दौडमा अगाडि रहेका शाहबले २.८५ को इकोनोमीमा २१ विकेट लिएका छन् । 
एक इनिङमा ५९ रन खर्चिएर आठ विकेट लिनु शाहको उत्कृष्ट प्रदर्शन हो ।

यता बसिरले दुई अर्धशतकसहित ६८.५० को स्ट्राइकमा १३७ रन बनाएका छन् । एक इनिङमा ६७ रन बनाउनु बसिरको उत्कृष्ट प्रदर्शन हो । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO