मंसिर ६, २०८१ बिहीबार | १५:४०:२९
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

सुदूरपश्चिमलाई एसपिएको साथ

सम्झौता पत्र आदन-प्रदान गर्दै रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह (पहेंलो जर्सी) र एसपिएका प्रबन्ध निर्देशक सुवास शाही ।

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदुरपश्चिम रोयल्सलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले ‘एजुकेसन पार्टनर’ का रूपमा साथ दिने भएको छ ।

मंगलबार सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरे ।

एसपिएले फ्रेन्चाइज प्रतियोगिता धनगढी प्रिमियर लिग र विद्यलस्तरको एसपिए कप पनि आयोजना गरेको थियो । 

सम्झौतापछि रोयल्सका मालिक शाहले एसपिएको प्रभाव शिक्षासँगै खेलकुदमा पनि उत्तिकै रहेको बताए । ‘एसपिएको नाम शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि उत्तिकै सुनेका छौं । सुदूरपश्चिमको क्रिकेट विकास गर्ने लक्ष्य राख्दा एसपिएसँग सहकार्य गर्न पाउनु सौभाग्यको कुरा हो,’ शाहले भने ।

एसपिएका प्रबन्ध निर्देशक शाहीले पनि सुदूरपश्चिम क्षेत्रको क्रिकेट विकासमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे। ‘हामी क्रिकेटको माध्यमबाट खेलकुद क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सक्छौं । हामी सबैले फाप्ला अन्तर्राष्ट्रिय रंगशालामा खेल आयोजना गर्ने सपना देखेका छौं । यो सहकार्यले त्यसलाई वास्तविकतामा परिणत गर्न मद्दत पुर्याउने छ,’ शाहीले भने ।

सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । यसैगरी टोलीले जगत टमाटा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin