काठमाडौं । दक्षिण अफ्रिकाका तिव्र गतिका बलर जेराल्ड कोएत्जी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अनुशासनात्मक कारबाहीमा परेका छन् ।
कारबाही स्वरुप उनको म्याच फीमा ५० प्रतिशत कटौती गरिएको छ भने एक डिमोरिट अंक पनि दिइएको छ ।
२४ वर्षीय कोएत्जीले नोभेम्बर १५ मा जोहानेसबर्गमा भारतविरुद्धको चौथो ट्वान्टी-२० खेलका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । कोएत्जीले आफ्नो गल्तीलाई स्विकारेका छन् ।
यसैगरी आइसिसीले नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड्स र ओमानका तिव्र गतिका बलर सुफयान महमुदलाई पनि जरिवाना गरेको छ ।
ओमानविरुद्धको खेलमा एलबिडब्युको शिकार बनेपछि एडवार्डसले पेभेलियन फर्किदा अम्पायरला ब्याट देखिएका थिए । अक्रोश पोख्ने क्रममा उनले आफ्ना ब्याट र ग्लोभ्स डगआउटमा फालेका थिए ।
आएसिसी उनको म्याच फीमा १० प्रतिशत कटौती गर्नुका साथै दुई डिमेरिट अंक पनि दिएको छ ।
यता ओमानका बलर महमुदले डच ब्याटर तेजा निदामानुरुलाई आउट गरेपछि मैदानबाट बाहिर निस्कन संकेत गरेका थिए । उनले पनि दुई डिमेरिट अंक प्राप्त गरेका छन् ।