विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किंग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले मंगलबार जर्सी सार्वजनिक गरे।
सोही अवसरमा गित पनि सार्वजनिक गरिएको छ । गितमा विराटनगरका ब्रान्ड एम्बासडर तथा र्यापर कुशल पोखरेलको आवाज छ ।
द फेस अफ विराटनगर’ का रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ । टोलीको गुडविल एम्बासडरमा चर्चित अभिनेता दयाहाङ राई छन् ।
ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको विराटनगरले आयरल्यान्डका केविन ओ’ ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।