मंसिर ६, २०८१ बिहीबार | १५:२८:४२
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

आकाशको अर्धशतकमा नेपालको पहिलो जित

तस्विरः क्यान

काठमाडौं । एसिसी यु-१९ एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटकाविरुद्धको दोस्रोे अभ्यास खेलमा सात विकेटको विजयी हासिल गरेको छ ।

नेपालको जितसँगै पाँच खेलको अभ्यास श्रृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा कर्नाटका एक विकेटले विजयी भएको थियो । श्रृंखलाको तेस्रो खेल आइतबार हुनेछ ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा कर्नाटकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य २४.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर अकाश त्रिपाठीले अविजित ५२ रन बनाए । यसैगरी अर्का ओपनर मयन यादवले ३२ रन जोड्दा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टले १४ रन बनाए । मध्यक्रमका ब्याटर उत्तम मगरले १२ रनको योगदान गरे ।

कर्नाटका लागि मलटेस एमले दुई तथा ध्रुव वासुले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्नाटाले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो । कर्नाटका लागि चौंथो नम्बरमा ब्याटिङ गर्न आउका रिसभ अपाचुले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै ओपनर प्रतीक पीले ३७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन ।

कर्नाटकालाई कम रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान हेमन्त धामी र नरेन साउदले समान चार विकेट लिए । यसैगरी दयानन्द मण्डल र सन्तोषको यादवको नाममा समान एक विकेट रह्यो ।

 

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin